
नयाँ विकल्प,
काठमाडौं – भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा २४ घन्टाभित्र दुई वटा रुख ढल्दा तीन जनाको ज्यान गएको छ ।
शनिबार पहिलो पटक ढलेको रुखले कुनै क्षति भएन, तर आइतबार दिउँसो रुख ढल्दा भने ३ जनाको ज्यान गयो । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
शनिबार र आइतबार ढलेका दुवै रुख सल्लाका हुन् । दुवै रुख जरैदेखि उखेलिएर सडकमा ढलेका थिए ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...