
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तरगत आज ५४ जना चालकहरु कारवाहीमा परेका छन् । कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारवाहीमा परेका छन् ।
यस्तै आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना , एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारवाहीमा परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...
काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...