ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नयाँ विकल्प,

काठमाडौं – पूर्वी चितवनको भानुचोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका १० भानुचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ट्याङ्करले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हाल हेटौंडा बस्दै आएका सुमन लुइँटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । ठक्कर दिने ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

सम्बन्धित समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ८, २१: २२

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ कार्तिक ८, २१: २२

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
  • २०७९ कार्तिक ८, २१: २२

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने...