
आमा बाबुको काखमा थिए म जति खुसि कोहि थिएन मलाई एस्तै लाग्थ्यो खेतमा आमा घाँस काट्न जादा पछि लागेर जान्थ्ये अनि कोर्ताथ्र्याे सिरुले । धेरै नै रुन्थ्यें बाटोमा हिँडेका मान्छेले रोकिएरै सोथ्यें नानीलाई के भयो । त्यो बेला आमाले सुम्सुमाउदै नरोउ भन्दा मलाई लाग्थ्यो म जति खुसि को होला र ।
बिहे भयो वर्ष बिते अनि दिन महिना गर्दै तिम्रो आगमनको दिन पनि नजिकिदै थ्यो अनि मेरो खुसिको सिमा पनि । सजिलो रहेन यात्रा तर पनि खुसि धेरै भए अनि त लाग्थ्यो संसारमै म जति खुसि को होला र ।
हिजो सिरुले कोतार्दा रुने म आज चरर्र पेट चिर्दै तिमीलाई कोखबाट निकाल्दै गरेको आफ्नै आँखाले देखें हेरिरहें आँखा भरी आसु आए, अह दुखाईले होइन तिम्रो आगमनले हर्षले गद्गद् भएँ सबैले बदाई दिए । मेरो पिडा तिम्रो एक झल्कोले मेटाएको थियो, बोरा सिलाए जस्तैगरी सिलाइएको । त्यो मेरो शरिर तिम्लाई छातीमा लगाउदा सबै बिर्साएको थियो ।
बधाई छ छोरा भयो, चाहना छोरीको भएता पनि तिमि छोरा भएर आयौ अनि त्यो बेला लाग्थ्यो । साच्ची म जति खुसि को होला । बाबु अनि आमा दुवै बनेर हुर्काउदा दुःख अलिकति भएको थिएन तर पनि खुशीले जितेको थियो ताते हिड्दै तोते बोल्दै न दिनमा एकछिन् बस्नु थियो, न रातमा निदाउनु बिरामी तिमि हुन्थेउ अनि निध मेरो उडथ्यो चोट तिम्लाई लाग्दथ्यो अनि म रुन्थ्यें, भन्छन् बच्चाको पहिलो शब्द बुबा हुन्छ कति खुसि भएँ । म तिम्ले त पहिलो शब्दनै आमा भनिदिएउ । आखाभरी आसु पार्दै झ्याप्प अंगालोमा बेर्दा अझै पनि लाग्छ त्यो बेला म जति खुसिको थ्यो होला ।
एस.एल.सी दिने भयौ रिजल्ट आयो नेपाल टप ग¥यौ । सबै ठुला बडाले आर्शिबाद दिए । अब क्याम्पस पढ्ने बेला आयो क्याम्पसको फिस पनि माफ भयो तिमीले क्याम्पसको पढाइ पनि त्यसरीनै पास गरेउ नगन्य खुसि थिए अनि अरुको खुसि त के खुसि सोच्थ्यें फेरी म जति खुसि को होला ।
आज कोठामा पल्टिरहँदा टिभि हेर्न मन भयो अनि हेर्न लागे कान्तिपुर च्यानलमा तिमि बोलेको देखाउदै थियो । ध्यान दिए सुन्न लागे तिमि भन्दै थिएउ “कति अबुज छ त्यो भक्त जो भगवान पुज्न मन्दिर सम्म धाउछ,” कति अबुज छ त्यो मन जो ढुंगालाई बुझेर खुसि हुन्छस् छोदिदेउ अब मन्दिर धाउन घरमा छन् ।
तिम्रा देउता हाम्रा देउता, साक्षात देउता, सजिब देउता, हो तिम्रा मातापितानै तिम्रा देउता हुन् खुसि राख माता पितालाई पुण्य कमाउन कोइ जानु पर्दैन” अरु के–के हो, के–के भारीभारी शब्दहरु ठुला–ठुला शब्दहरु ठुला–ठुला मान्छेका माझमा साराले ताली पिट्दै थिए । खोइ कुन सोंचमा थिए । म नि ताली बजाएछु, मेरो छोरो कति ठुलो भएछ धेरै नाम पनि कमाएछ आँखाबाट बररर आसु छल्कियो ।
ढोका क्वैया करायो साथीहरु आएका रहेछन् गफ गर्न लग्यौ तिनीहरु भनिरहन्ंछन् बिगतलाई सम्झेर खुसि हुन्छेस कति सकेकी…
न त आश्रममा केहि कार्यक्रममा आउछेस्, न कोठाबाट निस्कछेस न, कोहीसँग बोल्छेस्, कति सकेकी कति सकेकी छोरोको बाटो हेरेर बस्न……
निसब्द थिएँ उनिहरुको अगाडी तर छोरोलाई सोध्न भएका धेर कुराहरु थिए भन्न धेरै कहानीहरु थिए…भान भैराख्या थियो मेरो कहानी अधुरो भयो । अनि सोच्छु छोरो ठुलो भएछ अनि म बुडी, कहानी बास्तबमा तेइ दिन सकिएको रहेछ चलेको त बस मेरो सास रहेछ । खुसि त छोरोलाई सिकाउँदासम्म रहेछु छोरोले सिकाउँदा त मेरो कहानीमा मेरो नै अभिनय सकिसकेको रहेछ… ।।।।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...