जिल्ला बारको निर्वाचनमा अधिकारी उपाध्यक्षमा निर्वाचित – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

जिल्ला बारको निर्वाचनमा अधिकारी उपाध्यक्षमा निर्वाचित

नयाँ विकल्प,

काठमाडौं – पूर्व मिडियाकर्मी एवं नेपाल वाणी मिडिया ग्रुपका कानूनी सल्लाहकार अधिवक्ता पुरुषोत्तम अधिकारी काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको असार ३२ गते सम्पन्न निर्वाचनमा दोश्रो सर्वाधिक १०७९ मत सहित उपाध्यक्ष पदमा विजयी भएका छन् । अधिकारी नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डि.एल.ए) का उम्मेदवार हुन् ।अधिकारीका निकटतम प्रतिस्पर्धीले जम्मा १०५ मत मात्र प्राप्त गरेका छन् ।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) को तर्फबाट रामचन्द्र पौडेल (आर.सी. बिमल) नेतृत्वको १९ सदस्यीय पूरै टिम अत्याधिक बहुमत सहित निर्वाचित हुँदा उपाध्यक्ष अधिकारीले दोश्रो सर्वाधिक मत ल्याउन सफल भएका हुन् । कानून व्यवसायमा इमान्दार छवि बनाएका अधिकारी कानून व्यवसायीमाझ सरल एवं हक्की स्वभावका मानिन्छन् । अधिकारी यसअघि २०७३ सालमा भएको सोही बारको निर्वाचनमा पनि लोकप्रिय मतसहित सदस्यमा निर्वाचित कार्यसमिति सदस्य हुन् ।
२ बर्षे कार्यकाल रहने १९ सदस्यीय कार्यसमितिको अध्यक्षमा रामचन्द्र पौडेल (आर.सी. बिमल) ले ९६४ मत, सचिवमा उज्वल राम श्रेष्ठले १०१९ मत, सहसचिवमा अञ्जु रेग्मी अर्यालले सर्वाधिक १०९३ मत, कोषाध्यक्षमा सन्तोष भण्डारीले १००५ मतसहित विजयी भएका छन् । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धी उम्मेदवारहरुलाई भारी मतान्तरले पछि पार्दै खुल्ला सदस्यमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्य मणि राई (जिमी), सुनिल थापा, सूर्य बहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जिवन न्यौपाने, प्रविण हुमागाई र दिपक कुमार साह विजयी भएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७९ श्रावण ४, १०: ५७

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ४, १०: ५७

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ४, १०: ५७

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...