
नयाँ विकल्प,
काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्।
जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलकाबारेमा केही विमति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे।
आर्थिक समृद्धिका लागि उत्पादनमुखी राज्यव्यवस्थाको पनि कुरा हुनुपर्ने उनले बताए । उनले नेता जनताको सेवक भएकाले कुर्सीमा पुगिसकेपछि आडम्बरी बन्ने प्रवृतिको अन्त्य हुन जरुरी रहेको बताए ।
मनमोहन अधिकारीहरू र काँग्रेसले मिलेर राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको महरको भनाइ छ । पुराना नेताहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले जनताले अनुभूत गर्ने गरी अहिले सामाजिक परिवर्तन हुन नसकेको टिप्पणी गरे ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...