
नयाँ विकल्प,
काठमाडौं – १० दिनको कार्यावधि पाएर गठन भएको समितिले तोकेको समयमा प्रतिवेदन तयार पार्न नसकेपछि म्याद थप्न प्रस्ताव गरिएको छ । असार २२ गते गठन भएको यो समितिले पहिलो बैठक बसेको १० दिनभित्रमा प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्था गरिएको थियो । तर, तोकिएको समयमा आवश्यक सबै काम सकिएको छैन ।
समितिले प्रतिनिधि सभामा म्याद थपका लागि प्रस्ताव पठाएको छ । सचिव अर्यालले म्याद थप्न आज प्रस्ताव पठाएको र प्रतिनिधि सभा र सभामुखले म्याद थप्ने÷नथप्ने बारे आज बेलुकासम्म निर्णय गर्ने बताए ।
समितिले अहिलेसम्म गरेको अध्ययनबाट अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने ठोस प्रमाण भेट्टाएको छैन । यसबीचमा समितिले अर्थ मन्त्रालयका सचिवद्वय, भन्सार विभागका प्रमुख, राजश्व विभागका प्रमुख, महाशाखा प्रमुख, पूर्व अर्थ सचिव, समाचार लेख्ने पत्रकार, साइबर ब्युरोका अधिकारी लगायतसँग छलफल गरिसकेको छ । बजेट निर्माणमा संलग्न रहेका सबैले अनधिकृत व्यक्तिको प्रवेशलाई अस्वीकार गरेका छन् ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...