नागरिकता विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नागरिकता विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल

नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धन सबै नेताहरु सहमत भएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताए ।
राष्ट्रिय जनमोर्चा बाहेक गठबन्धनका शीर्ष नेताहरु नागरिकता विद्येयकमा सहमत जनाएका हुन् । बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द वन्दीसमेत सहभागी थिए । नागरिकता विद्येयक गृहमन्त्री खाँणले आज बस्ने संसद बैठकमा निर्णयार्थ पेश गर्ने भएका छन् । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७९ श्रावण ६, ११: ५९

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ६, ११: ५९

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ६, ११: ५९

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...