
नयाँ विकल्प,
काठमाडौं – पूर्व सहमति अनुसार लुम्बिनीमा मुख्यमन्त्री परिवर्तन गर्न असफल भएको नेपाली कांग्रेसभित्र संघ र प्रदेशको चुनावको मुखमा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढेको छ ।
२०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पाँच दलको समर्थनमा मुख्यमन्त्री बनाउँदा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग ८–८ महिना आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो । सहमति अनुसार मुख्यमन्त्री केसीले फागुन १ गते नेतृत्व छाड्नुपर्ने थियो ।
तर माओवादीले गण्डकी र अन्य प्रदेशको पनि नेतृत्व परिवर्तनको विषय उठाएर नेतृत्व छाड्न अस्वीकार गरेपछि कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरुले पार्टीभित्र मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढाएका हुन् । असार १३ गते बसेको संसदीय दलको बैठकले पहिलो निर्णय सरकारको नेतृत्व परिवर्तन र दोस्रो निर्णयमा नेतृत्व परिवर्तन सम्भव नभए मन्त्री परिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...