
नयाँ विकल्प,
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् । नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे भने अझै अन्योल रहेको छ ।
भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ । दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ ।
सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ ।
यता पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताउँदै आफूहरू छलफलकै क्रममा रहेको बताए ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...