
नयाँ विकल्प,
भक्तपुर – नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले विपी कोइरालाको मार्ग निर्देशनलाई नेपाली कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका छन् । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा नेपाली कांग्रेसले आयोजना गरेको ४०औँ विपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा उनले विपीले देखाएको बाटोलाई सिङ्गो कांग्रेसले एक भएर आत्मसात् गर्दै अगाडि बढाउन सके कांग्रेसका सबै समस्या समाधान हुने बताए । कांग्रेस देशको एक मात्र लोकतान्त्रिक पार्टी भएको भन्दै उनले कांग्रेस अब आउने निर्वाचनमा एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए । उनले लोकन्थलीस्थित विपीको सालिकमा माल्यार्पण गर्दै उहाँको योगदानलाई कांग्रेसले कहिल्यै भुल्न नसक्ने चर्चा गरे । यसैबीच नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विपीका विचार सदैव मार्गदर्शकका रूपमा रहेको बताएका छन् । ४०औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर–१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उनले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा विपीका विचार मार्गदर्शकका रूपमा रहँदै आएको बताए।
त्यस्तै सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै भने, ‘स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट पारिसकेको छ, संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहनेछ ।’
सङ्घीय गणतान्त्रिक नेपालको मुद्दा उल्ट्याउने प्रतिगामी सोच कुनै पनि हालतमा सफल नहुने बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र रहेको उल्लेख गरे ।
कांग्रेस भद्रपुर नगर सभापति रामबहादुर कँडेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका झापा सभापति देउमान थेवे, महाधिवेशन प्रतिनिधि गोमा
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...