
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन। लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ट्वीटरमार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन् ।
लुले यसअघि परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेटेका थिए ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...