ईन्दिरा गान्धी शासन र भारतको इमर्जेन्सी पिरियड कांग्रेका लागि भारत छाड्न बाध्यकारी बन्यो । समाजबादी नेताहरुको समिप्यतामा रहेका नेपाली लोकतन्त्र पक्षधर नेता तत्कालीन भारत सरकारका कसिङ्गर सरह हुन गए ।
नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमिमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको चर्चा हरेक बर्ष सुनिन्छ । २०३३ साल पौष १६ गते बीपी कोइराला आफ्ना पार्टीका सहयोगीसहित भारतमा निर्बासन जीवन त्यागेर काठमाडौं फर्किनु भएको हो ।
त्यसैबेलादेखि हरेक बर्ष काग्रेसीहरु राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै आएका हुन् । राजनीतिक कारणमा जो जसरी ब्याख्या गरेता पनि वीपीको मर या गरको अवस्था बारे वीपी कोइरालाले यो बाटो रोजेका हुन् ।
यो रोजाईमा उनको गर अवस्थालाई समयले साथ दियो । फासीमा झुण्ड्याउने पञ्च सरकारले देखाएको त्रासदी मुद्दा वीपीको अठोटले अस्त भए । नेपाली काग्रेसले वीपीको वक्तब्य पढेर र साथ पाउनेले वहाँसँग साक्षात्कार गरेर आ–आफ्नै किसिमले मेल मिलाप नीतिको ब्याख्याता बनेर ब्याख्या गरीआएका छन् ।
अधिकांस कांग्रेसको बुझाई तत्कलीन रुसी कम्युनिष्टको बिस्तारबादको प्रभाव भारतसम्म परिसकेको त्यसको बिस्तारले नेपालमा कम्युनिष्टका लागि खतरा हुने देखेर लोकतान्त्रिक शक्ति काग्रेसले देशका सबै राजनीति शक्ति मिलेर देशको सार्बभौम जोगाउन वीपीको आगमन भएको भनेर ब्याख्या गर्दछन ।
सिक्किमको विलय, तीब्बत चीनसङ्ग गभिनु आदि घटना पनि कांग्रेसजनहरु उदाहरण पस्तुत गर्छन ।
सामन्य राजनीतिक सोचले बिचार गर्दा नेपालबाट लखेटिएको एक प्रतिबन्धित पार्टी जो असंबैधानिक छ, त्यसका नेता उपर ७ –८वटा राजद्रोहका मुद्दा अदालतमा छन्, ती ब्यक्तिको नेपाल आगमनले देशको सम्प्रभुता जोगाउने भन्ने तर्कलाई ग्रहण गर्न असजिलो होला । गहिरो अर्थमा नियाल्ने हो भने तत्कालीन देशको अबस्था राजनीति अन्योलग्रस्त थियो । समाज बिभक्त थियो ।
लोकतान्त्रिक शक्ति क्षीण नेतृत्वबिहिन अवस्थामा रहेको राजा र जनताबीच पञ्चहरु दरारका रुपमा रहेकोले कुनै पनि शक्तिले प्रहार गरेमा प्रतिरक्षा हुन नसक्ने आंकलन बीपीले गर्नुभएको थियो ।
यसैकारण लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस देश प्रबेश गरेर आफ्नो सङ्गठन मजबुत गर्दै अन्य राज्यशक्ति समेतसँग समन्वय र सहकार्य गरि जनता बलियो बनाउदै प्रजातन्त्र स्थापना गर्ने दीर्घकालीन राजनीति जग हो वीपीको राष्ट्रिय मेलमिलाप नीति ।
राजनीतिभन्दा ब्यबबहारिक नीतिगत योजना वीपीले प्रतिबपादन गर्नु भएको बारे धेरै नेपाली कांग्रेस र जनमानस अहिले पनि अनभिज्ञ छन् र यसबारे चर्चा पनि कमै हुने गरेको पाइन्छ । यो छिमेकी मुलुकसँगको सम्बन्ध भएकोले नेताहरु यसबारे ब्याख्या पनि कमै गर्ने गर्छन ।
नेपालको २००७ सालभन्दा अगाडि भारतमा रहेका नेपाली कांग्रेसका वीपी कोइराला लगायतका नेता र बामपन्थी राजनीतिज्ञ समेतलाई भारत स्वतन्त्र भएपछि छिमेकीका नाताले नेपालमा प्रजातन्त्र स्थापना गर्न सहज उनीहरुको सहयोग होला भन्ने पूर्णरूपले बिश्वास थियो ।
२०१७ सालको राजा महेन्द्रको बीपी कोइराला नेतृत्वको सरकार अपधस्त कदममा भारतको कुनै बिमति भएन । राजाको क्रुर दमनमा भारत आन्तरिक कारण भनी मौन रहेको अवस्थामा नेपाली कांग्रेसले प्रतिकार गर्न सक्ने अबस्था पनि क्षीण रहेको हुदा नेपालको जेलमा रहेर सांगठानिक गतिविधि गर्न नसकिने आकलन गरेर नेताहरु प्रबासिनु भएको हो ।
आफुले भारतको स्वतन्त्रताको लडाईमा बगाएको रगत पसिनाको गुन भारतले पक्का तिर्छ र प्रजातन्त्र पुनर्थापनामा वातावरण मिल्ने आशा नेताहरुमा थियो तर भारतीय वातावरण अनुकुल हुनुको सट्टा झनझन प्रतिकूल हुन पुग्यो ।
ईन्दिरा गान्धी शासन र भारतको इमर्जेन्सी पिरियड कांग्रेका लागि भारत छाड्न बाध्यकारी बन्यो । समाजबादी नेताहरुको समिप्यतामा रहेका नेपाली लोकतन्त्र पक्षधर नेता तत्कालीन भारत सरकारका कसिङ्गर सरह हुन गए ।
भारत सरकारबाट सहज होलाकी भन्ने अबस्था नै नरहेपछि भारत प्रबास अर्थहिन भयो । नेपाल फर्किएर लोकतन्त्र स्थापनाको लडाई नेपालमा भएका राज्यशक्तिसङ्ग सहकार्यका साथ लडनुबाहेक अर्काे विकल्प नेपाली कांग्रेससँग नरहेको कारण पनि मेलमिलाप नीति लिएर वीपी नेपाल आउनु भयो ।
मेलमिलाप नीतिका अर्को पक्ष प्रजातन्त्रको पुनःस्थापनाका सम्बन्धमा देशभित्रकै राज्य शक्तिबीच सहकार्य गरेर देशभित्रैबाट यसको नेतृत्व हुन पर्ने रहेछ । परदेशमा बसेर अरुको आडमा गरेको उपलब्धिको भाग अरुले खोज्ने रहेछन् भन्ने तथ्यमा वीपीले निक्र्योल निकाल्नुभयो ।
राजालाई देशभीत्र नै राजनीतिक जनदबाब सृजना गरेर प्रजातन्त्र स्थापना गर्न बाध्य पार्नु पर्छ, योनै सही हुन सक्छ । त्यो दिगो हुन्छ भन्ने मान्यता मेलमिलाप नीतिको निचोड हो । यसैका लागि वीपीले राजासँग आफु जोडिएको आशय दिएर नरम नीति दर्शाउनु भयो ।
मेलमिलाय नीतिका आधार नरमपन, राजा, पञ्च र अरु राजनीति शक्तिसँग समेत सहकार्य गरेर बिस्तारै प्रजातन्त्रको ढोका खोल्दै जनतालाई पजातन्त्रका पक्षमा सुसुचित गराउदै अगाडि बढ्ने योजना अनुसार कोजाग्रत पूर्णिमाका दिन सबै राजनितीज्ञलाई आमन्त्रण गरेर चीयापान गर्ने कार्यक्रमले अहिले राष्ट्रिय रुप धारण गरेको छ ।
वीपीको यो नीतिले वीपी देशमा आएपछि सुषुप्त रहेको कांग्रेस सङ्गठन ब्युतिदै आयो, राज्य शक्तिसँग मेलमिलाप पनि बिस्तारित हुँदै लोकसम्मत वातावरण निर्माण हुँदै गए । वीपी प्रबासबाट फर्केको तीन बर्षमा नै राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिजन्य दबाव सृजना भई देशमा राजाद्वारा जनमत घोषणा हुन पुग्यो ।
वीपीले आफु संसारबाट बिदा लिदा प्रजातन्त्रकालागि लडाई लड्न सक्ने अनुकुलको देश दिएर जानू राष्ट्रिय मेलमिलाप नीतिको योजना हो ।
यही नीति अनुरुप गणेशमानजीले कांग्रेस बाम एकताले २०४६ को सफल जनआन्दोलन त्यसै गरि गिरिजाप्रसाद कोइरालाले सहमति सहकार्य र एकता को नीतिले २०६२–०६३को सयुक्त जनआन्दालन सफल गरि शान्ति प्रकृया थालनी भयो ।
यसै नीतिले गणतन्तात्मक संविधान जरी गरियो । नेपालको राजनीति समस्या समाधमानको मूल सूत्र भनेकै राष्ट्रिय मेलमिलाप भन्नुमा अत्युक्ति नहोला ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...