‘गोपाल प्रसाद रिमाल पुरस्कार’ कवि मञ्जुललाई प्रदान गरिने – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

‘गोपाल प्रसाद रिमाल पुरस्कार’ कवि मञ्जुललाई प्रदान गरिने

काठमाडौं। साहित्य सदन नेपालबाट अर्पण गरिने ‘गोपाल प्रसाद रिमाल पुरस्कार’ -२०८२ कवि मञ्जुललाई प्रदान गरिने भएको छ । कविता,गीत,उपन्यास,यात्रासंस्मरण,अनुवादका माध्यमबाट दुई दर्जनभन्दा बढीकृति प्रकाशन गरेर नेपाली वाङ्मयमा उनले पुर्याएको योगदानको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिन लागेको हो । साहित्य सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

रु.३०हजार नगदराशी सहितको उक्त पुरस्कार आगामी असार २१ गते रिमाल जयन्तीको अबसरमा प्रदान गरिने साहित्य सदन नेपालका सचिव प्रल्हाद पोखरेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८२ असार १३, ०९: ११

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०८२ असार १३, ०९: ११

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०८२ असार १३, ०९: ११

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...