साहित्यिक पत्रकार सङ्घको शुभकामना आदानप्रदान – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

साहित्यिक पत्रकार सङ्घको शुभकामना आदानप्रदान

काठमाडौं। राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन आज साहित्यिक पत्रकार सङ्घले एक विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ।साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति सांसद राजेन्द्र लिङ्देन रहेका थिए।

कालिमाटीस्थित डिभाइन बैङ्केटमा भएको सो कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा कृषक गुठियारहरूद्वारा दही चिउरा, फलफूल, उसिनेको अण्डा र घरेलु उत्पादन रक्सी समेत सगुन दिएर प्रमुख आमन्त्रित व्यक्तित्व तथा अन्य आमन्त्रित व्यक्तिहरूलाई आतिथ्य सत्कार गरिएको थियो। यसअघि रातो टीका र फूलमाला लगाइएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख व्यक्तित्व सांसद लिङ्देलले देशको ६० प्रतिशतभन्दा बढी जनता कृषिमै आश्रित भए पनि आफूलाई चाहिने खाद्यान्न उत्पादन गर्न नसकेको र बाहिरबाट मगाउनु परेको अवस्था रहेको बताए।हरेक वर्ष कृषकले बाली लगाउने बेला मल किन्न नपाएको यथार्थ औंल्याउँदै कृषिमा आधुनिकीकरण हुन नसकेको र त्यसतर्फ सरकारको ध्यान नगएको हुँदा राष्ट्रिय धान दिवसका अवसरमा कृषकहरूका समस्या उपर सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए।

सभाका सभापति राधेश्याम लेकालीले सांसद राजेन्द्र लिङ्देल ३० कै दशकको कवि भएको उल्लेख गर्दै सत्तामा बस्नेहरू सबै कवि भइदिए कति राम्रो हुने थियो भनेर बताए।हाम्रो देश कृषिप्रधान देश भएको प्रसङ्गमा लेकालीले पहिले हाम्रो देशले कोरियामा समेत खाद्यान्न निर्यात गर्ने गरेकोमा हाल आयात गर्नुपर्ने स्थितिमा पुगेको दुस्खेसो व्यक्त गरेका थिए। लेकालीले असार १५ गते शीर्षकको एउटा कविता पनि वाचन गरेका थिए।

आजै परेको जन्मदिनका लागि चर्चित कलाकार मदनदाश श्रेष्ठलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिइएको थियो।कार्यक्रममा स्थानीय समाजसेवी प्रकाश रिमालले स्वागत मन्तव्य राखेका थिए भने अर्का समाजसेवी तथा कृषक नवीन शाहीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सहजीकरण गीतकार तथा समाजसेवी शोभित उप्रेतीले गरेका थिए।शुभकामना आदानप्रदान कार्यक्रमपछि सहभागीहरूलाई दही चिउरा, तरकारी, फलफूल आदि विभिन्न परिकार खुवाइएको थियो । खानपिन चलिरहँदा सभाकक्षमा साङ्गीतिक कार्यक्रम पनि भइरहेको थियो।

सोही कार्यक्रममा चर्चित सङ्गीतकार एवं गायक शान्तबहादुर शाक्यलगायत आधा दर्जनले आआफ्नो साङ्गीतिक प्रस्तुति दिनु भएका थिए। कार्यक्रममा गायक शान्तबहादुर शाक्यलाई पनि जन्मदिनको शुभकामना दिइएको थियो ।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८२ असार १५, २१: ०७

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०८२ असार १५, २१: ०७

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०८२ असार १५, २१: ०७

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...