“रोक, हेर र जाउँलाई पालना गराउदैँ ट्राफिक प्रहरी” – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

“रोक, हेर र जाउँलाई पालना गराउदैँ ट्राफिक प्रहरी”

काठमाडौं–सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँ (Stop, Look & Go) लाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन् ।
सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन Stop, Look & Go का ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको छ ।

“सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन बुधबारदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाईएको हो ।”

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताए ।’

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३र३ घण्टा ट्राफिक प्रहरी खटिने छन् । बुधबार बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारिमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाई बुझाई गरि पालना गर्न समेत सुझाएको छ ।

यस्ता बोर्डहरू काठमाडौ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व–अनुशासित भई उक्त Stop, Look & Go (रोक, हेर र जाउँ) को नियम पालना गरी जाम तथा दुर्घटना रहित सहज यात्रा गरि सभ्य सडक संस्कृतिको विकास गरिदिन सम्पूर्ण सवारी चालकहरूलाई विशेष अनुरोध पनि गरेको छ ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७७ मंसिर ४, १२: ०५

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०७७ मंसिर ४, १२: ०५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
  • २०७७ मंसिर ४, १२: ०५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...