विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोर्डना खोप दिन समस्या – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोर्डना खोप दिन समस्या

जुम्ला । चिसोका कारण विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकाहरुलाई मोर्डना खोप दिन समस्या भएको छ । हिउँदे विदाका कारण विद्यालय बन्द हुने भएकोले स्वास्थ्यकर्मीका लागि बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मीहरु ट्युसन कक्षामा पुगेर मोर्डना खोप दिने व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन् । १८ वर्ष मुनिका बालबालिकाहरुका लागि १३ हजार मोर्डना खोप आएको प्रसाईको भनाइ छ ।

मंगलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाको खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै हिमपात भइरहेकोले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताइन् ।

प्रजिअ प्रसाईंले आज पनि जुम्लामा हिमपात भइरहेकोले स्थानीयलाई विभिन्न चोक चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको बताइन् ।

नगरपालिकाभित्र सञ्चालन भएका ट्युसन सेन्टरमा पुगेर १२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकाहरुलाई मोर्डना खोप लगाईएको चन्दननाथ नगरपालिका जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।

दुई हजार २ सय ८६ बालबालिकालाई खोप लगाइसकिएको र घाम लाग्ने बित्तिकै बाँकी बालबालिकालाई खोप दिने तथा २५ गतेभित्र खोप सम्पन्न गरिसक्ने जनस्वास्थ्य निरीक्षक महतले बताए ।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ पुष १४, १२: ३९

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ पुष १४, १२: ३९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ पुष १४, १२: ३९

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...