
काठमाडौं। बिहीबार थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मुलुकभर ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।
त्यस्तै गत २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या कुल ११ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा २३१ जना कोरोना संक्रमणमुक्त भएसंगै हालसम्म ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएको बताएको छ।
त्यस्तै बिहीबार थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ ।
यस्ताे छ पछिल्लाे तीन दिनकाे अवस्था
गत मंगलबार नेपालमा ९ हजार ३ सय २९ जनाकाे परिक्षणमा ३९३ जनामा काेराेना संक्रमण देखिएकाे थियाे भने तीन जनाकाे मृत्यु भएकाे थियाे ।
त्यस्तै मंगलबार देशभर संक्रिय संक्रमितकाे संख्या ५ हजार ९४ रहेकाे थियाे ।
त्यस्तै बुधबार १० हजार २ सय ६७ जनाकाे परिक्षणमा ४ सय ३५ जनामा संक्रमण पुष्ट्रि भएकाे थियाे । बुधबार मंगलबार भन्दा थप ४२ जनामा काेराेना देखिएकाे थियाे । बुधबारकाे तुलनामा बिहीबार थप १०५ जनामा काेराेना देखिएकाे हाे ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...