खाेप केन्द्रहरूमा सर्वसाधरणकाे भीडले बढ्दै काेराेना जोखिम – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

खाेप केन्द्रहरूमा सर्वसाधरणकाे भीडले बढ्दै काेराेना जोखिम

काठमाडौं । कोरोनाभाइरसको जोखिमलाई कम गर्न सरकारले ७ माघबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रहरुमा नागरिकहरुको चाप बढेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारलाई सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्न सफारिस गरेसंगै खोप लगाउनेको भीड बढेको बताइएको छ ।

कोभिड–१९ संक्रमण तीव्र भएसँगै सम्भावित संक्रमणबाट बच्न खोप केन्द्रमा सर्वसाधारणको चाप बढेको हो  । उपत्यकाका अधिकांश खोप केन्द्रमा खोप लगाउनेको भीड निकै बढेको छ । केही दिनअघिसम्म खोप केन्द्रहरुमा खोप लगाउनका लागि मानिसहरू आउँदैनथे तर सरकारले खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रमा दिनहुँजसो भीड लाग्ने गरेको बताउछन खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरु ।

त्यस्तै काठमाडौंको टेकु अस्पताल, बानेश्वरको सिभिल अस्पताल लगायतका खोप केन्द्रमा सर्वसाधरण नागरिकहरुको पछिल्लो केही दिनयता भीड बढेको स्वास्थ्यकर्मीहरुले बताए ।

यता, सरकारले कुनैपनि ठाउँहरमा २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेपनि दिनहु खोप केन्द्रहरुमा सयौँको संख्यामा मानिसहरु लाईनमा बस्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको खोप लगाउन आएका एक नागरिकले बताए ।

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा धेरै जना खोपको दायरामा आउने सरकारले लक्ष्य लिएको छ । सरकारी अस्पतालमा खोप लगाउनेको भीड बढेपछि निजी अस्पतालमा समेत खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ पुष ३०, १४: ४४

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ पुष ३०, १४: ४४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ पुष ३०, १४: ४४

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...