भाँडिइसकेको शान्ति प्रकृया जोगिएको त्यो दिन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भाँडिइसकेको शान्ति प्रकृया जोगिएको त्यो दिन

लिलाराज खनाल

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको तीन बर्ष वित्दैछ । संविधान कार्यान्वयनको यो चरणमा आउनु शान्तिप्रकृया र त्यसमा पनि १९ जेठ, २०६३ को घटना निकै महत्वपूर्ण र ऐतिहासिक छ । शान्ति प्रकृयाका स्टेक होल्डर दल र तीनका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता तथा सुरक्षा अंगको नेतृत्वमा बसेका जो कोहीले १९ जेठको त्यो घटनालाई बिस्मृतिमा राख्न सक्दैनन् । त्यो दिन राज्य र बिद्रोही शसस्त्र शक्तिको नेतृत्वमा रहेकाहरुको संयमता, धैर्यता र सुझबुझपूर्ण निर्णय र व्यवहार प्रस्तुत नगरेको भए मुलुकमा ठूलै अकल्पनिय घटना हुने थियो ।

१९ जेठमा तत्कालिन शसस्त्र बिद्रोही माओवादीका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ठ भूमिगत नै थिए । तथापी निशस्त्र रुपमा माओवादी कार्यकर्ताहरु देशब्यापी रुपमा खुलम खुल्ला हिंड्न थालेका थिए । आफ्नो शक्ति देखाउने उपयुक्त अवसरको खोजिमा नेकपा माओवादीले काठमाडौंमा आमसभाको आयोजना गरेको थियो । नेकपा माओवादीले काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्न १९ जेठलाई नै रोज्यो । खुल्ला मञ्चमा शसस्त्र बिद्रोहीहरुलाई आमसभा गर्न दिने तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको सत्तारुढ दल नेकपा एमालेका महासचिव माधवकुमार नेपालले आलोचना पनि गरेका थिए ।

पछि सरकारका उपप्रधानमन्त्री भएका अमिक शेरचन सहितको सल्लाहमा हतियारबन्द आमसभा गर्न दिने सहमति भयो। तत्कालिन प्रहरी महानिरिक्षक ओमबिक्रम राणा, शशस्त्र प्रहरी महानिरिक्षक बासुदेव ओली र प्रधानसेनापाति प्यारजंग थापाले खुल्ला मञ्चमा माओवादीलाई आमसभा गर्न दिने सरकारी निर्णयप्रति असहमति जनाएका थिए ।

आमसभामा माओवादीले कति मान्छे काठमाडौंमा उतार्न सक्ला भनेर धेरैले नजरअन्दाज गरेका थिए । तर, नसोचेको मानवसागर माओवादीले राजधानीमा उता¥यो । बिहान आठ बजेदेखि चक्रपथभित्र बाहिरबाट आउने सवारीलाई रोकियो । खुल्लामञ्चमा हुने आमसभाको लागि भन्दै माओवादीले ७५ वटै जिल्लाबाट बसमा काठमाडौंमा कार्यकर्ता उतारेको थियो । चक्रपथ भित्र अत्यावश्यक सवारी साधन बाहेकका सवारी आवागमन ठप्प प्राय थियो । ११ बजेदेखि हुने भनिएको आमसभा करिव एक घण्टा ढिला भयो ।

आमसभा शुरु हुँदै गर्दा वाहिरी जिल्लाबाट आउने माओवादी कार्यकर्ता, शुभेच्छुक र सर्वसाधरणले खुल्लामञ्च त के रत्नपार्क परिषरमा पनि बस्ने स्थान पाएनन् । रत्नपार्क र रानीपोखरी बीचको सडकमा सवारी चल्न सक्दैनथ्यो भने खुल्लामञ्चको पूर्वी भाग विद्युत प्राधिकरण अघिको बाटो र बीर अस्पताल अघिको सडकमा समेत मान्छे अटाएनन् ।

कार्यकर्ताले खुल्लामञ्चको पूर्वीभाग बिद्यत प्राधिकरण, उतरी भाग रानीपोृखरीसम्म र पश्चिमी भाग बीरअस्पताल क्षेत्रमा माईक राखिएको थियो, त्यहाँका बाटोमा सवारी हिँड्ने स्थान समेत भएन । आमसभामा भूमिगत माओवादीका नेताको भाषण सुन्न आएकाहरुले स्थान अभावमा जव नेताको भाषण सुन्न सकस भोग तव रातो टि सर्ट र रातै टोपी लगाएका माओवादीका कार्यकर्ताहरुले खुल्लामञ्चसँग टाँसिएको दक्षिणतर्फ रहेको सैनिक मञ्चतिर प्रवेस गरे, तव तनाव भयो ।

प्रहरीले उनीहरुलाई सैनिक मञ्चतर्फ नजान गरेको आदेशलाई माओवादी कार्यकर्ताले अरिँगालको गोला झैं झम्टन बारम्बार प्रयास गरिरहन्थे । काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक रञ्जितले बल प्रयोग गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग अनुमति मागे । उनले उपत्यका प्रहरी कार्यालयसँग बल प्रयोग गर्न आदेश पनि मागेका थिए ।

स्थिति यतिधेरै तनावपूर्ण भयो कि नेपाल प्रहरी, शसस्त्र प्रहरीले माओवादी कार्यकर्ताहरुको उदण्डताले सीमा नाघेको र आफूहरुले नियन्त्रण गर्न नसकेको भन्दै महानिरिक्षकहरुसँग सूचना दिइरहेका थिए । माओवादी कार्यकर्ताले सैनिक मञ्चको वरीपरि राखिएको काँडेतार (बेरियर) लाई हटाउँदै सैनिक मञ्च पुगेका थिए ।

सैनिक मञ्च पुगेपछि सबै सुरक्षा प्रमुखहरुले गृहमन्त्री सिटौला समक्ष गुनासो गरे बल प्रयोग नगरे स्थिति भयाबह हुने चेतावनी दिए । तर ति सुरक्षा अंगका प्रमुखहरुको सूचनालाई सिटौलाले हावादारी भन्दै तत्कालिन माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महरालाई फोन गरेका थिए ।

सिटौला भने बिहान १० बजे प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर सिधै गृहमन्त्रालयको कन्ट्रोल रुपमा बसेका थिए । जहाँ शान्ति सुरक्षा महाशाखाका सहसचिव बामनप्रसाद न्यौपाने थिए । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थलगत (फिल्ड) मा खटिएका सुरक्षा अधिकारीबाट मात्र सूचना लिइरहेका थिए ।

माओवादीले काँडेतार हटाउँदा, भित्र मञ्चमा बस्ता र सैनिक मुर्ती हल्लाउन थाल्दा पत्येक पटक सिटौलाले कृष्णबहादुर महरालाई फोन गर्दथे । आमसभा चलिरहँदा बारम्बार उद्घोषकबाट माईक खोस्दै महराले भन्ने गर्थ ‘आदरणीय कमरेडहरु सैनिक मञ्चको क्षेत्रमा बसेर सार्वजनिक सम्पतिको क्षति पु¥याने काम नगर्नुहोला ।’

त्यसबेला रातो टिसर्टधारीले हातमा हात जोडेर साङ्लो बनाउँदै सैनिक मञ्चको खुल्ला चौरबाट मञ्चतर्फ जानबाट रोकेका थिए । त्यतिकैमा गहृमन्त्री सिटौलालाई दुवै संगठनका महानिरिक्षक र प्रधानसेनापतिबाट फोन आयो र भनियो कि ‘माओवादी निशस्त्र लडाकुहरुले सैनिक मञ्चमा काँडेतार फ्याकेर प्रवेश गरी भौतिक संरचना भत्काउन र हतियार खोस्न लागेका छन् ।’

गृहमन्त्री सिटौलाले यस्तो सूचना दिन सबै सुरक्षा निकायलाई फिल्डबाट मात्र रिर्पोट दिन भनेका थिए । उनीहरुको केही नलागेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गहृमन्त्री सिटौलालाई भनेका थिए कि ‘हतियार नै खोसी सके भण्डारका हतियार र गोलीगठ्ठा नियन्त्रणमा लिए भन्ने सूचना आयो त ।’ सुरक्षा निकायका प्रमुखहरुलाई सिटौलाले कुनै लडाकुले हतियार खोसेका छैनन र सैनिक क्षेत्रमा बुसेका रहेछन भने बस्न दिनु भनेका थिए ।

माओवादीका केही उछृङ्खल कार्यकर्ताले मञ्चको भित्तामा टाँसिएको ‘श्री ५ महाराजाधिराज सरकार की जय जय जय’, श्री ५बढामहारानी सरकारको जय जय जय’ पित्तलका पाताको अक्षर उप्काएका थिए। त्यही पित्तलको पाता उप्काएको घटनालाई सुरक्षा निकायका प्रमुखहरुले सैनिक मञ्चमाथि आक्रमण गरी भौतिक क्षति भएको सूचना गृह मन्त्रीलाई दिइएको थियो ।

गृहमन्त्री सिटौलाले त्यसबेला तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल र नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाको निकै खप्की र गुनासो बेहोर्नु परेको थियो। उनले सबै नेता र सुरक्षा निकायका अधिकृतलाई एउटा पनि गोली नचलाउनुु भन्दै उनीहरुबाट भएको भौतिक क्षतिको भरणपोषण सरकारले बेहोर्छ ।

कुनै नागरिककले गरेको सानो भौतिक क्षतिलाई देखाएर ज्यान नलिने सरकारको नीति छ भन्दै सिटौलाले जवाफ दिएका थिए । साँझ छ बजेसम्म सुरक्षा निकायका प्रमुख र प्रमुख दलका शीर्ष नेताको गुनासो सुन्दै माओवादी आमसभाको लाईभ रिपोर्टिङ सुन्दै महरासँग बाम्बार कुरा गरेका सिटौलाको त्यो दिनको धैर्यता र संयमतालाई धेरैले अविश्मरणीय घटनाको रुपमा लिएका छन् ।

जंगीअड्डासँगैको सैनिक मञ्चमा आक्रमण भएको तर्कअघि सार्दै एउटा मात्र गोली चलेको भए त्यसको प्रतिकार र प्रतिरक्षाको भयाभय सम्भावित घटनालाई रोक्न दुवै कृष्णले खेलेको भूमिकालाई शान्तिप्रकृयाको सफल घटनाको रुपमा लिइन्छ ।

शासस्त्र आन्दोलनमा रहेको तत्कालिन नेकपा माओवादीको सहयोगमा सात संसदबादी दलको शहर केन्द्रीत आन्दोलनको बलमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले ११ बैशाख २०६३ सालमा प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा गरे । गणतन्त्रको लक्ष्य प्राप्त नगरी राजसँग सम्झौता गरेको भनेर आक्रोस पोखिरहेको माओवादीको आक्रोसलाई समन गर्न सात संसदबादी दलले ४ जेठमा राजालाई राष्ट्राध्यक्षको हैसियतमा गर्ने अधिकार कटौति गरेको थियो ।

माओवादी पार्टी र त्यसका नेताहरुको आक्रोसको रेसियो घटिनसकेको अवस्थामा १९ जेठमा आमसभा गर्न माओवादीले गरेको जोरबललाई स्वीकार्नु त्यसवेलाका गृहमन्त्रीको चुनौति खतरनाक रुपमा लिन सकिन्छ । शसस्त्र द्वन्द्वमा रहेको तत्कालिन नेकपा माओवादीले युद्धबिराम मात्र गरेको थियो ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७५ आश्विन ८, १०: १४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ आश्विन ८, १०: १४

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ आश्विन ८, १०: १४

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...