
१. आफूलाई नेपालको एक नंबरको दल भनेर चिनाउन चाहने नेकपा एमालेको महाधिवेशनको झल्को र व्यवहारले त्यो पार्टीको चरित्र स्पष्ट पारेको छ । कहिले दुई तिहाइ मतले सरकार चलाउने, कहिले अल्पमतको सरकार चलाउने, कहिले संयुक्तरुपमा सरकार चलाउने दल एमालेको पनि समय घर्केकाले जसरी पनि अधिवेशन गर्नु नै थियो र तामझामका साथ नारायणी किनारामा लाखौँ जनता उतारेर गरेको उद्घाटन समारोहको राप समाप्त नहुँदै नयाँ विघटनको सँघारमा पुगेको देख्दा नेतृत्वमा देखिने अहंकार र दम्भले दलहरुले कतिसम्म क्षति बेहोर्नु पर्दाेरहेछ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
जस्तै भए पनि वहुदलीय परम्परामा नेतृत्व विकास भएको अवस्थामा आन्तरिक निर्वाचनलाई अवरोध गर्ने कुनै प्रस्तावसम्म पनि अस्वीकार्य हुन्छ प्रजातान्त्रिक दलहरुमा । जसरी भए पनि महाधिवेशन सम्पन्न हुनेछ र एउटा देखाउन र खपतका लागि समितिहरु नयाँ बन्ने पक्का छ तर त्यसले पनि आगामी दिनमा एमालेलाई सग्लो राख्न मद्दत नपुग्ने आकलन गर्न सकिन्छ । यसको मतलब के पनि होइन भने यसले नेपालको प्रजातान्त्रिक प्रणालीलाई फाइदा पुग्नेछ ।
एमालेमा देखिएको दोधारे नीति र अझै विचारमा प्रजातान्त्रिक हुन नसकेको लक्षण हो । कहिले उग्र प्रजातन्त्रवादी हुन चाहने, कहिले उग्र समाजवादी हुन चाहने दोधारे र ढुलपुल नीतिले गर्दा नै त्यो दलमा विग्रह आउने रहेछ भन्ने सत्य उजागर हुन थालेको छ । ओलीजीको हिटलरको कार्बन कपी हुने रहरले पनि आजको अवस्था आएको हुनसक्छ जसले गर्दा संघीय सरकारमात्र गएको होइन कि प्रादेशिक सरकारहरु पनि एकपछि अर्को विघटनको भुमरीमा फसेका हुन् ।
२. नेपालीमा एउटा उखान छ नि, काग बढी बाठो भए फोहोर खान्छ, पाडो चलाख भए आफ्नै आमाको दूध खान्छ । पाडोलाई सोझोको प्रतीक मानिएको हो, कागलाई अत्यन्त चलाखको रुपमा मानिएको हो ।
चलिरहेको सरकार र आफ्नै नियन्त्रणमा रहेको प्रचण्डसहितको वहुमतलाई किन वारम्बार विघटन गर्नु परेको थियो र ? एकपटक सर्वोच्च अदालतले पुनस्र्थापना गरिसकेपछि फेरि किन विघटन गर्नु परेको थियो र ? अनि त्यो संसदलाई किन अहिले पनि काम गर्न नदिएर संसद विघटनको औचित्य साबित गर्नु परेको हो र ? हिजो उहाँकै वर्चस्व हुँदा पनि ओलीले संसदलाई सहजरुपमा स्वीकार गर्न सक्नु भएको थिएन जबकि प्रचण्ड र माधवजीहरुले कुनै अवरोध गरेका थिएनन्, अवरोध नगरेकामात्र होइनन् कि विरोध पनि गर्न सकेका थिएनन् ।
यतिसम्म कि पाँच वर्षका लागि ओलीजीलाई प्रधानमन्त्री हुनका लागि तमसुक नै गरेर दिएका थिए । सर्वोच्च अदालतले दल विभाजन गरे पनि १५ दिनभित्रमा एकता गर्न र एउटै मञ्चमा आएर सत्ता समाल्न ओलीजीले नै अनिच्छा व्यक्त गरेको जगजाहेर छ ।
३. किन प्रसंग आयो भने नेकपा एमाले मुलुकको प्रमुख दल हो र अहिलेको संघीय तथा प्रादेशिक संसदहरुमा मुख्य दल हो जबकि प्राविधिकरुपमा अरु दलले सरकार बनाएका छन् । जुन तरिकाले हिजोका दिनमा एमालेको ओली समूहले अरुलाई अप्ठेरोमा पारेर सत्तामा नागफणी जमाएको थियो, त्यसैगरी अरु दलहरुले पनि राजनीतिक प्रतिशोध लिएका हुन् ।
जाँदाजाँदै पनि ओलीजीले भीम आचार्य र अष्टलक्ष्मीजीलाई बेबकुफ बनाउनु भयो प्रतिशोधपूर्वक । बनाउनु त भयो मुख्यमन्त्री तर माधव नेपालका पक्षमा पहिले लागेकाले मियाँँको जुती मियाँकै शिरपर भनेजस्तै लौ त लाग माधवसँग, तिमीहरुलाईनै मुख्यमन्त्री बनाउँछु, जोगाओ आफ्नो पद । यसरी एउटै तिरले दोहोरो सिकार गर्ने ओलीजीको निसाना त चुक्यो, अनि ती माधवजीतिर लागेर हिजोका दिनमा ओलीजीलाई गाली गर्नेहरु घरका न घाटका बनाउन फेरि सफल हुनुभयो ।
यसरी देखादेखी कुटिलता अपनाएर आफ्नो दललाई सत्ताबाट आफैँले जानीजानी बाहिरिन बाध्य पार्ने ओलीजीका कारणले नेपाली राजनीतिको बाटोनै गलत दिशातिर मोडियो र अर्को पार्टी नेकपा एकीकृत समाजवादीको जन्म हुन बाध्यता हुन पुगेको देखिन्छ । यदि त्यो दलको उत्पत्ति नभएको भए सायद नेपालमा कहिल्यै अरु दलको अस्तित्व स्वीकार नगर्ने नयाँ हिटलरी संस्कारको जन्म हुन्थ्योहोला ।
किनभने ओलीजीले घोषणा गरेको आम निर्वाचन हुने अवस्था नै थिएन र अझै पनि केही महिना निर्वाचन हुनसक्ने अवस्था छैन कोरोनाको कहरले गर्दा । नयाँ नयाँ उत्पत्तिका विषाणुहरुको जुन आगमन हुन थालेको छ भन्ने कुरा विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ ।
४. नेपालको प्रजातन्त्रको विकासमा कुनै अवरोध नआवस् र मुलुकको अहिलेको संविधानले निर्वाध काम गर्न सकोस् भन्ने चाहना राख्नेहरुका लागि कुनै पनि दलमा प्रजातन्त्रका विरुद्धमा आन्तरिक कार्य पनि नहोस् भन्ने हुन्छ ।
तर दलहरुभित्र देखिने असहिष्णुताले भनेजस्तो कहाँ पो हुन्छ र ? महाधिवेशनमा एमालेको मुख्य नेतृत्व वर्गले गर्ने हेपाहा प्रवृत्तिसँग त्यहाँ लड्न नसक्नेहरुले गर्ने भनेको विकल्प के हो भने या त एकीकृत समाजवादीमा प्रवेश गर्ने, या त माओबादी केन्द्रमा जाने, या त अर्को पार्टी गठन गरेर आप्mनो पार्टीमात्र असली कम्युनिस्ट पार्टी भनेर घोषणा गरेर नयाँ घरमा बाक्लो दाल खाने ।
तर राजनीतिक विश्लेषकहरु त भन्छन् यदि एमालेको अहिलेको नेतृत्वले आफ्ना पुराना गल्तीहरुलाई समीचीन समीक्षा गरी गल्ती सुधार्न थाले नेपालमा वैकल्पिकरुपमा प्रजातान्त्रिक दलको व्यवस्था हुन सक्थ्यो होला । किन वैकल्पिक शक्तिको रुपमा भनेको भने एमाले अझै प्रजातान्त्रिक दलको रुपमा विकसित हुन सकेको छैन ।
प्रजातन्त्र पुनर्बहाली र गणतन्त्रको स्थापनामा तत्कालीन अवस्थामा मदन भण्डारी र माधव नेपालको नेतृत्वदायी भूमिकाले सम्भव भएको पनि हो तर अहिलेको संसद बारम्बारको विघटन र ससदप्रतिको एमालेको अवधारणा र व्यवहारले प्रजातन्त्रप्रतिको आस्था र विश्वासमा शंका गर्ने ठाउँ देखिएको हो । त्यो शंका झन बलवती हुँदैछ समाजमा ।
५. सत्ताधारी दलहरु, नेपालमा भएका दलहरुमध्ये सबैभन्दा प्रजातान्त्रिक दल नेपाली कांग्रेस र आफूलाई कम्युनिस्ट भन्नेमध्येको दल, उग्र कम्युनिस्टमध्येको मुख्य घटक नेकपा माओबादी केन्द्रको महाधिवेशन सन्निकट छ ।
अहिले माओबादी केन्द्र प्रजातन्त्रवादी हुने तालिम लिँदैछ र वडा, पालिकाको निर्वाचनसमेत गर्ने अभ्यास गरेको छ जबकि माओबादी केन्द्र भनेको केन्द्रीकृत नेतृत्वको उदाहरणीय दल हो अझै पनि । पुसको मध्यमा महाधिवेशन गर्ने भनेको माओबादी केन्द्रको कुनचाहिँ महाधिवेशन हो भन्ने अझै निश्चित भएको पाइँदैन र पनि अहिले महाधिवेशनको तयारीमै देखिन्छ ।
माओबादी केन्द्र पनि बेकारमा कम्युनिस्ट एकता गर्ने भनेर एमालेको जालमा परिएछ भन्दैछ तर कम्युनिस्ट एकताको नारा दिन भने छोडेकोे छैन किनभने एकपटक दुई तिहाइको सरकार चलाएको अनुभव त उसले पनि गरेको हो नि, नेपालमा प्रजातन्त्रवादीहरुलाई निमिट्यान्न पार्ने खेलमा हिजोका दिनमा लागेकै हो नि त त्यो दल पनि । आज परिस्थितिले यस्तो ठाउँमा ल्याएको छ कि आफ्ना कार्यकर्ता कसरी जोगाउन सकिन्छ र अझै विश्वमा कम्युनिस्टका रुपमा गणना कसरी भइरहने भन्नेमा चिन्तित छ ।
एकातिर कार्यकर्ता तथा नेताहरु एमालेमा गएका छन् र त्यहाँ पनि उनीहरुको उचित व्यस्थापन हुन सकेको छैन, अर्कोतिर कोही वैद्य समूहमा, कोही विप्लव समूहमा त कोही स्वतन्त्ररुपमा तर हिजो किन माओबादी जनयुद्धमा लागिएछ भनेर पश्चातापको भुंग्रोमा जलिरहेकाहरुको भिड बाहिर रहेको छ, र त्यो निरासालाई उचितरुपमा संवोधन गर्न बेलैमा सकिएन भने समाजमा त्यसले निम्त्याउने अराजकताको कल्पना पनि गर्न नसकिने अवस्थाको आकलन पनि माओबादीले गरेको होला ।
त्यसैले माओबादी केन्द्रमा पनि प्रचण्डको विकल्पमा अरु नेताहरु देखिएका छैनन् र स्थितिको नियन्त्रणमा लाग्न सक्ने नेतृत्वका कमी त्यहाँ देखिन्छ । प्रचण्डको नेतृत्वलाई चुनौती दिनसक्नेहरु या त बाहिर गएका छन्, या त भएकाहरु पनि केन्द्रीकृत सिद्धान्तअनुसार मौन बस्न रुचाएका छन् । त्यसैले उग्र कम्युनिस्ट र विरोधका स्वरहरु बोल्न नदिने दलमा अब प्रजातान्त्रिक परिपाटीमा चल्नुपर्ने अवस्थाले नयाँ संक्रमण देखिएको छ जसको अभ्यासमा माओबादी केन्द्र बलजफ्ती अगाडि बढेको छ ।
६. र अन्त्यमा, नेपाली कांग्रेसको १४औँ महाधिवेशन पनि मंसिर २४मा सुरु हुँदैछ र यसका लागि पूर्वतयारीका लागि जिल्लाका अधिवेशन तथा प्रदेशका अधिवेशनहरु निरन्तरताको क्रममा छन् ।
बीपी कोइराला, गणेशमानजी, किसुनजीहरुले बनाएको र नेतृत्व गरेको दलमा अझै पनि अरुको भरमा परेर नेपालमा प्रजातन्त्र चलाउन सकिन्छ भन्ने भ्रम बाँकी रहेको देखिन्छ । त्यसको उदाहरण हो २०७४ सालको आम निर्वाचनमा बेहोरेको निर्लज्ज हार । माओबादी केन्द्रसँगको सहकार्यमा गरिएको अन्तरध्वंशी मुसा प्रवृत्तिसँग जुध्न नसक्दा जुन हार बेहोरियो, त्यसबाट अझै पाठ सिकेको जस्तो देखिँदैन ।
अहिले पनि पुराना कांग्रेसप्रति भन्दा संस्थापन पक्षले नयाँ देखावटी कांग्रेसप्रति बढी नै विश्वास गरेको देखिन्छ, जसका कारण भावी दिनमा पनि नेपाली कांग्रेसप्रति जनताको अविश्वास नबढोस् । नेपाली कांग्रेसमा स्वस्थ प्रतिस्पर्धा होस्, महाधिवेशनले चुनेको व्यक्तिप्रति सबैको विश्वास जागोस् र मुलुकमा प्रजातन्त्रले बेहोरेको क्षतिको छिटै क्षतिपूर्ति हुन सकोस् ।
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...