हरिविनोद अधिकारी
१. दोस्रो चरणको मतदानको दिन नजिकिँदैछ । यही हप्ताभित्र मतदान सम्पन्न हुनेछ र अर्को हप्ता पाठकहरुसँगको भेटमा कतिपय स्थानको मत परिणामसमेत आइसकेको हुनेछ ।
२. निर्वाचन आयोग र हामी नेपालीका लागि यो वर्ष निर्वाचन वर्षको रुपमा नै रह्यो । वर्षको सुरुमा स्थानीय तहको निर्वाचन भयो । त्यो पनि तीन तीन चरणमा । त्यो सफलताका साथ सम्पन्न भएपछि प्रदेश सभा र प्रतिनिधि सभाका लागि दुई चरणमा निर्वाचन गर्नेगरी तालिका सार्वजनिक भएको थियो जसअनुसार पहिलो चरणका ३७ प्रत्यक्ष स्थानमा निर्वाचन सम्पन्न भएर मतपत्र बाकसमा सुरक्षित राखिएको छ । बाँकी १२८ प्रत्यक्ष स्थानका लागि निर्वाचन भएपछिमात्र मतगणना सुरु हुने गरी निर्वाचन आयोगका तालिका रहेको छ ।
३.निर्वाचन प्रजातन्त्रको प्राणवायु हो । निर्वाचनले मात्र प्रजातन्त्रको आधारभूमिलाई मलजल पु¥याउँछ । जनताले आफूलाई शासन गर्नका लागि शासक चुन्ने महान कार्यलाई निर्वाचनको नाम दिइएको हो । सुरुमा मतदान गोप्य भए पनि तत्कालैजस्तो त्यसलाई खुला गर्नैपर्छ । त्यही परिणाम नै शासन गर्ने प्रमाणपत्र हो निर्वाचित प्रतिनिधिका लागि ।
४. केन्द्रमा दुई सदन हुने छ र प्रदेशमा एक सदनात्मक नै रहने संवैधानिक प्रावधान छ । यो संविधान बनेपछिको पहिलो चक्रको निर्वाचन हो । पाँच वर्ष यो प्रणालीले काम गरेपछि मात्र संविधानको प्रावधानमा गरिनु पर्ने सुधारका वारेमा छलफल , टीका टिप्पणी सुरु हुनेछ । वास्तवमा संविधानमा देखिन सक्ने कमजोरीलाई लुकाउनु पनि हुँदैन । संविधान बन्दा बडो हतारमा घोषणा गरिएको दोष लागेको थियो । २०६७ सालको जेठ १४भित्रैमा नै घोषणा हुनुपर्ने संविधान २०७२सालको असोज ३ गते घोषणा हुँदा पनि छिटो भएको भनेर, आवश्यक छलफल नभएको भनेर विवाद हुँदै आएको थियो र त्यसको विवादभित्र छिरेर दक्षिण सीमामा नाकाबन्दी समेत गरिएको थियो । अहिलेको अवस्था धेरै सुध्रिएको छ र नाकाबन्दी गर्नेहरु पनि निर्वाचनमा सरिक भएका छन् ।
५. कसनै दलले जित्ने वा हार्ने भन्दा पनि, निर्वाचनमा अमुक दलले जित्ने वा हार्ने भन्दा पनि वा निर्वाचनमा कसले जित्ने वा कसले हार्ने भन्दा पनि प्रजातन्त्रले जित्ने वातावरण जरुरी छ । फेरि फेरि पनि निर्वाचन हुने अवस्था सृजना हुनु जरुरी छ । हारजीत भन्दा पनि प्रजातन्त्रको सँस्थागत विकासका लागि निर्वाचन अनवरत हुनु आवश्यक छ ।
६. र अन्त्यमा, यो निर्वाचन शान्तिपूर्वक होस्, सबै नेपालीले आगामी शासन प्रणालीमा अपनत्व देखून् र समावेशी प्रतिनिधित्वले श्रेय पाओस् । नेपालको कुनै पनि जात, धर्म, वर्ग र लिंगले आफूलाई अपहेलित महसुस गर्नु नपरोस् । प्रजातन्त्रले जितोस् । नेपालले जितोस् । प्रजातान्त्रिक प्रणालीले हार्नु नपरोस् । सबै नेपालीहरुको जीवन सुखमय होस् ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...