अमेरिकी सडकमा चलाउँदै गरेको गाडी बिग्रिएर अलपत्र परे के गर्ने ? – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

अमेरिकी सडकमा चलाउँदै गरेको गाडी बिग्रिएर अलपत्र परे के गर्ने ?

सानुबाबु सिलवाल

अमेरिकि सडकमा गाडी गुडाउने अधिकांश ड्राइभरहरु आफ्नै गुडिरहेको गाडी सडकमै अलपत्र परे के गर्लान त ? गाडीका पार्टपुर्जा त परै जावस सामान्य पाग्र्रा अर्थात टायरमा हावा फुस्कदा पनि मर्मत गर्न सामथ्र्य राख्दैनन् अधिकांश सवारी चालकहरु ।

तपाइ के गर्नुहुन्छ तपाइले चलाइरहनु भएको गाडी कथमकदाचित बाटैमा, हाइवेमा वा भित्रि सडकहरुमा अलपत्र परे, बिग्रिए अर्थात गुड्न नसक्ने स्थितिमा के गर्नुहुन्छ तपाइ ? आफ््नो साथीभाइ, आफन्त, नातेदार वा चिनेजानेका मानिसहरुलाइ गुहार्नु वा सहयोग माग्नु हुन्छ या प्रहरी ९११ मा कल गर्नुहुन्छ या के गर्नु हुन्छ ?

तर, आफ्न्त आफ्ना साथीभाइ उपलब्ध हुन नसक्ने स्थितिमा वा आफन्त भाइसाथि नहुने हरुले के गर्लान ? गाडीको स्ट्रेरिङ्ग समातिसकेपछि कुनैपनि बेला, कुनैपनि समय र कुनैपनि अबस्थामा आपतकालिन स्थितिको सामना गर्नुपर्ने हुन्छ र यस्ता आपतकालिन स्थितिका लागि बिकल्प सहित तयारी अबस्थामा बस्नुपर्ने हुन्छ ? कसलाइ के थाहा सडकमा गुडिरहेको गाडी कुन बेला के हुनसक्दछ !

अमेरिकामा बिशेष अबस्थामा बाहेक झन्डै झन्डै शतप्रतिशत मानिसहरुले आफ्नो गाडी आफै चलाउने हो । बिशेष अबस्थामा भि.आइ.पि र विशिष्ट अफिसियल बाहेक ड्राइभर राखि गाडी चलाउदैन अमेरिकामा अर्थात आफ्नो गाडीको ड्राइभर आफै । आफ्नो गाडी बिग्रिएमा वा चल्न नसक्ने भएमा गाडी सडकको छेउमा मुख्यत दाया भागमा सेतो बस्तु सकेतको रुपमा राखि अर्को बिकल्प खोज्नु पर्दछ ।

बिकल्प चाहि उहि नै हो कि त आफ्नै आफन्त, भाइसाथि, चिनजानका मानिसहरु बोलाउने र सहयोग र राइड माग्ने र नभ एमा ९११ कल गरि प्रहरी बोलाउने र सहयोग बोलाउने अर्को बिकल्पका बारेमा अधिकांशलाई थाहा छ । तर, यो भन्दा भरपर्दो, सहज र उत्तम उपाय पनि छ अर्को यस्तो आपतकालिन अबस्थामा ।

सवारी चालक अनुमति पत्र अर्थात चालक लाइसेन्स प्राप्त गरिसकेपछि गाडी खरिदकै क्रममा आफुसँग अटो इन्सुरेन्स हुनु अनिबार्य छ अमेरिकामा । यदि गाडीको बिमा लायाबिलिटी वा प्रिमियम जुनसुकै भएपनि बिमा हुनु जरुरी छ र गाडीको इन्सुरेन्स नभएको अबस्थामा ठुलो फाइन मात्रै नभएर लाइसेन्स समेत रिभोक अर्थात निषेध हुनसक्ने हुन सक्दछ ।

जुनबेला तपाइ आफ्नो गाडीको इन्सुरेन्स गर्नुहुन्छ त्यसैबेला त्यहि इन्सुरेन्सको प्रिभिलेज रोड साइट एसिस्टेन्ट बिमा गराउनुहोस जसमा तपाइलाई मासिक १० देखि २० डलरसम्मको बर्डेन हुनसक्छ तर दिर्घकालिन रुपमा रोड साइट एसिस्टेन्ट भएमा तपाईको गाडी कुनै पनि सडकको कुनै पनि स्थान र अबस्थामा भएपनि तपाइको गाडी मर्मत केन्द्रसम्म पु¥याइदिने, गाडीको पाग्र्रा बिग्रिएको भए अर्को बैकल्पिक पाग्र्रा टायर फेरिदिने वा स्टपमै मर्मत गरिदिने वा तपाईको घरसम्म गाडी पु¥याइदिने वा गाडी टो गरी तपाइले चाहेको ठाउँमा बढिमा १०० माइलसम्म लगिदिन्छ रोडसाइड एसिस्टेन्टले । यतिमात्रै होइन तपाइलाई राइड दिने वा तत्कालका लागि तपाइलाई अर्को गाडी बैकल्पिक ब्यबस्था गरिदिने गरिदिन्छ तपाइको उक्त गाडी मर्मत नभएसम्मका लागि ।

त्यसका लागि गाडीको बिमा किन्दानै बिमा कम्पनी वा उसको एजेन्टलाई रोड साइड एसिस्टेन्टको ब्यबस्था गर्न लगाउन नभुल्नु होला र उक्त बिमा कम्पनिको रोड साइड एसिस्टेन्टको फोन नम्बर र इन्फो गाडीको साथमा वा आफ्नै साथमा राख्न नभुल्नु होला । यसबाट तपाई रोडमा अलपत्र हुने वा तपाइको गाडी अलपत्र हुने अबस्थाबाट बच्नु हुनेछ ।

यस्तो अबस्थामा रोड साइट एसिस्टेन्ट नम्बरमा कल गरी आफ्नो गाडी, ठेगाना, पोलिसि नम्बर वा आफ्नो गाडीको हुलिया र आफु कहा छ त्यसको जानकारी दिएपछि तपाइकहाँ तपाई र तपाइको गाडीको केयरका लागि कसैलाई तत्काल ब्यबस्था गरिदिन्छ । साथमा मोबाइल सेल फोन बोक्ने र उक्त सेलफोनमा रोडसाइड एसिस्टेन्टको हटलाइन नम्बर सेभ गरिराख्न चाहि नभुल्नु होला ।

तपाई हामि कोहि कसैलाइ पनि गाडी चलाउदै गर्दा वा सडकमा गाडी चलाइरहदा आइपर्ने आपतकालिन अबस्थाको प्रिपेडनेसका लागि यस्ता जानकारीहरु जानिराख्दा काम लाग्न सक्दछ अर्थात सहयोगी हुनसक्दछ ।

सम्बन्धित समाचार

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७५ पुष २, ०६: ३१

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
  • २०७५ पुष २, ०६: ३१

१. राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार २०७९साल असार ७गते स्थापना भएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को पहिलो महाधिवेशन असार ७गते सुरु...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ पुष २, ०६: ३१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...