
१. नेपाली काँग्रेसले राष्ट्रियरुपमा जनजागरण अभियानको थालनी गर्न थालेको छ ।
२. नेपाली काँग्रेसको राष्ट्रिय जन जागरण अभियान २०७६साल बैसाख ११ गतेबाट सुरु हुने पहिलो चरणको जागरण अभियानले तीन चरण पार गर्नेछ । प्रजातन्त्रमा गरिने जन जागरणले प्रजातन्त्रका पक्षमा नयाँ नयाँ गति दिनसक्छ भन्ने उदाहरण सँसारभर पाइन्छ ।
३.नेपाली काँग्रेसका वारेमा अब खासै परिचय दिनु जरुरी छैन आम जनतालाई तर किशोर तथा युवा वयका लागि भने यसको परिचय आवश्यक छ । त्यसो त नेपाली काँग्रेसका वारेमा स्वयं काँग्रेसमा भ्रम देखिन्छ । यसका सँस्थापकहरुले जुन दुःखले संस्थाको जग बसाएका थिए , अब त्यसको रहल पहल बाँकी छ कि छैन भनेर घोत्लिने बेला भएको छ ।
४. ठीकै हो, नयाँ जागरणका लागि नयाँ समय छानिएको छ । तर जागरण केका लागि भन्ने विषयचाहिँ स्पष्ट भएको देखिँदैन । यो अहिलेको सरकारका विरुद्ध कि, महङ्गी, भ्रष्टाचारका विरुद्ध कि प्रजातन्त्र अन्यौलमा परेको र प्रजातन्त्रका विरुद्धमा सरकारले यो यो गरेको छ भनेर जनतालाई बिउँझाउनका लागि हो कि आफ्नै संगठनको पुनर्जागरणका लागि हो ?
५.भन्छन् मान्छेहरु —अर्कालाई चोर लगाउनु भन्दा पहिले आफ्नो खल्तीको धन सुरक्षित राख्नू । आफ्नो संगठन व्यवस्थित पार्नु पर्छ पहिले । एउटा काँग्रेस दुईओटा हुँदा र दुईओटा काँग्रेस एउटै भएदेखिको पार्टीको बेथितीलाई जसले जसलाई दोष लगाए पनि परिणामले देखाएकै छ कि पार्टी बेहालमा छ । काँग्रेस ९ ओटै सँसदहरुमा अत्यन्त अल्पमतमा छ । अरु त अरु, सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव राख्न पनि मत पुग्दैन । अहिलेसम्म कसका कारणले त्यस्तो शर्मनाक हार भयो भनेर कोही पनि जिम्मा लिँदैन । संगठनका कर्मेन्द्रिय तथा ज्ञानेन्द्रियहरुको अवस्था नाजुक छ । निर्वाचन हुँदैन, भएका निर्वाचनहरुमा दलको हस्तक्षेप हुन्छ र कार्यकारिणी गठन हुन सक्दैन । भ्रातृसँस्था, भगिनी सँस्था, शुभेच्छुक सँस्थाहरु महाधिवेशनमा झोला बाकेर कसैको पक्ष र विपक्षमा लाग्नका लागि मात्र भेला हुन्छन् । बुद्धिजीवीहरुको कुरा कसैले या त सुन्दैन या त कसैका पक्ष र विपक्षमा मात्र केन्द्रित हुने बानी छ ।
६.आपसमा एकता गरेर र एउटै एजेन्डामा जागरण अभियान सफल हुन्छ । जनताले नेपाली काँग्रेससँग धेरै अपेक्षा गरेका थिए, गरेका छन् र गरिरहने छन् तर जनताबाट टाढिने जस्तो व्यवहार देखिएकाले जनताले दण्ड दिएका हुन् भनेर मान्नुपर्छ । तर त्यसपछि पनि विपक्षीहरु काँग्रेस खोजिरहेका छन् व्यँग्यमा पनि, सदनमा पनि र सडकमा पनि । तर कतै पनि प्रभावकारी उपस्थिति देखिँदैन भनेर काँग्रेसप्रति आस्थावानहरु दिक्क भएका छन् । औपचारिक भाषण, वक्तव्य र प्रेस विज्ञप्तिभन्दा फरक व्यवहार छिनमै देखिन्छ । डाकेको केन्द्रीय वैठक विना निष्कर्ष या त स्थगित हुन्छ या त फेरि नबस्नेगरी हराउँछ । महासमितिको निर्णय विनै समापन हुन्छ अनि महासमितिका आदेशहरुका वारेमा विवाद सुरु हुन्छ केन्द्रीय बैठकमा ।
७.दोषारोपणले संगठन बन्दैन र एकता भनेको एकोहोरो चालले हुँदैन । पक्कै नै दुईओटा संगठन एउटै बन्दाको जोस अव बाँकी छैन र समीकरण पनि धेरै बदलिएको छ । तर लोभ र पापबाट नेतृत्वगण मुक्त छ भनेर जागरण गर्ने हो भने नयाँ नयाँ धारणा लिएर जनतासामु जानु पर्छ । काँग्रेस जनभित्रको सम्पत्ति शुद्धीकरण हुनेछ, हिजोका बेथितीको छानबिन हुनेछ र पार्टीभित्रैबाट भएका प्रजातन्त्र विरोधी गतिविधिको निराकरण हुनेछ भनेर भन्दैमा जनता पत्याउँदैनन्, त्यस्तै शुद्ध व्यक्तिहरुबाट आगामी दिनमा नेतृत्वको जिम्मा लिने कामको प्रत्याभूति हुनु जरुरी छ ।
८.आज प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवादको व्याख्या गर्न गाउँ जानु पर्दैन तर नेपाली काँग्रेसले इतिहासको जिम्मा पूरा गर्नका लागि केके गर्ने छ भावी दिनमा भनेर भन्नमात्र जागरण गर्ने हो, जुन कुरामा काँग्रेस आफैँभित्र स्पष्ट नभएको देखिन्छ ।
९.बुद्धिजीवीहरु काँग्रेसका पक्षमा लागेका पदका लागि भन्दा पनि सिद्धान्तका लागि हो । कसरी प्रजातन्त्रलाई बचाउन सकिन्छ भनेर त्यसको छहारीमा बस्न चाहेका हुन् । जनता पनि प्रजातन्त्रका पक्षमा कसरी हिजोका दिनमा लडेको थियो, त्यसको झझल्कोमा सदैव काँग्रेसप्रति अपनत्व देखाएका हुन् । दुःखका साथ भन्नुपर्छ, त्यस्तो बीपीको, गणेशमानको ,किसुनजीको पार्टी अहिले जुन किसिमले दायित्वभन्दा टाढा बसेर आफैँमा विवादास्पद भएको छ, त्यसले सर्वप्रथम दलभित्र नै जागरण ल्याउनु जरुरी छ ।
१०.अब काँग्रेसजन जाँदैछन् जनजागरणमा भने जानैपर्छ । जनतालाई पहिले आफ्ना गल्तीप्रति माफी माग्दै फेरि पनि प्रजातन्त्र नगुमोस् भनेर जनताको साथ खोज्नुपर्छ । देसी विदेसीको षडयन्त्रबाट मुलुक एकपटक फेरि अन्यौल र संक्रमणमा छ जवकि सँसदमा दुई तिहाई मतको सरकार छ । आवश्यकता परेमा कुनै पनि बेला निर्वाचन हुन सक्ने आन्दोलन गर्न पनि तयार हुनुपर्छ भन्ने सन्देश आवश्यक छ ।
११.सर्वप्रथम ती ७७ जिल्लामा जाने प्रतिनिधिहरुका लागि के सन्देश जनतालाई छ भन्ने एउटै आवाज आवश्यक छ । आफ्ना वारेमा आउने जटिलतम प्रश्नहरुको जबाफ जनताले माग्दा मुख लुकाएर हिँड्ने वातावरण नबनोस् भन्नेमा पनि पार्टी सजग हुनु जरुरी छ ।
१२. नेपाली काँग्रेस सबैको दल हो , त्यहाँ सर्वसाधारण जनताको पहुँच हुन्छ भन्ने जागरण दिनु जरुरी छ । २०७४को स्थानीय र सँसदीय निर्वाचनमा भएका गल्तीहरुको जबाफ जनताले माग्नेछन्, त्यसका लागि कसका कति गल्तीहरु हुन्, त्यसको निक्र्यौल नै नभई जनजागरणमा आउने प्रश्नका उत्तरहरु कसरी जनताले स्पष्ट र सिधारुपमा पाउलान्, त्यो पनि स्पष्ट हुनु जरुरी छ ।
१३.अरु जे जे भए पनि, अब राजनीतिकरुपमा गल्ती नगर्ने र भएका गल्तीहरु नदोहोरिने प्रण गरियोस् । प्रजातन्त्रमा गल्ती सुधार गर्दै जनताको पक्षमा लाग्ने गुण हुन्छ जसलाई काँग्रेसले विना द्विविधा स्वीकार गर्न सकोस् ।
१४.यतिचाहिँ पक्कै भन्न मन लागेको छ, यो जनजागरण कर्मकाण्डी पनि नहोस् र जनतामा अरु भ्रम बढ्ने गरी कच्चा खालको पनि नहोस् । गल्ती गर्दिन भन्न पाइन्छ तर गल्ती फेरि फेरि दोहोरिनु हुँदैन । जनतालाई, कार्यकर्ताहरुलाई जागृत गर्नु त सक्रिय र गतिशील दलको कर्तव्य भित्रै त पर्छ नि ।
१५. र अन्त्यमा, तीन चरणको अभियान तयार गरिएको छ । सायद सबै प्रतिनिधिहरुको अभिमुखीकरण भेला पनि होला चाँडै । पहिलो चरणको अभियानको अन्तपछि पक्कै पनि समीक्षा बैठक पनि होला । जनता र कार्यकर्ताहरुबाट आएका पृष्ठपोषणहरु वारे पनि छलफल होस् र एउटा अभियानमा देखिएका कमीलाई अर्को अभियानमा क्षतिपूर्तिको रुपमा प्रयोग गरियोस् । जनताबाट आउने प्रतिक्रियाहरुलाई नलुकाई स्पष्ट छलफल र समीक्षा गर्ने बानी बसोस् ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...