
झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २५ गतेबाट देशब्यापी जनजागरण अभियान शुरु गरेको छ । सरकारका गलत कामको भण्डाफोर गर्दै कार्यकर्तालाई जागरुक बनाएर स्थानीय तहदेखि नै प्रतिपक्षको भूमिका सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले देशब्यापी जागरण अभियान शुरु गरेको हो ।
जागरण अभियान सफल पार्न कांग्रेस केन्द्रीय सदस्यहरु ७७ वटै जिल्लामा पुगेर जिल्लास्तरीय भेला, गोष्ठी अन्तरक्रियाजस्ता कार्यक्रमहरु गरेका छन् । देशब्यापी अभियान अन्तर्गत झापामा पनि बृहदसभा सम्पन्न भएको छ । हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले कांग्रेस कार्यकर्ता जागरुक भएको तर केन्द्रमा देखिएको गुटगत राजनीतिले कार्यकर्तामा निराशा छाएको बताएका छन् ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले बजेट अधिवेशनका क्रममा संसदीय मूल्य र मान्यता विपरित अत्यन्तै निकृष्ट भाषाको प्रयोग गरेकोप्रति आपत्ति प्रकट गर्दै कांग्रेस कार्यकर्ताले सरकारले जनभावना अनुरुप कुनै पनि काम गर्न नसकेको टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा अभियान प्रतिनिधि पूर्व राज्यमन्त्री दीपक बास्कोटाले सत्ता कसैका लागि पनि सदावहार नहुने बताउँदै सत्ताबाहिर रहेका कांग्रेस कार्यकर्तालाई सामाजिक सशक्तिकरण र गाउँका विकासमा लाग्न आग्रह गरे । वार्डदेखि जिल्ला समितिको स्प्रिटलाई हेरेर कांग्रेसले जित्ने रणनीति तयार पारी जनतासमक्ष जान पार्टीलाई सुझाव दिदै उनले त्यसका लागि गुटगत राजनीतिको अन्त्य पहिलो शर्त भएको बताए ।
जागरण अभियान प्रतिनिधि तथा नेपाल महिला संघ केन्द्रीय सदस्य भगवति पौडेलले पार्टीले गर्न लागेको जागरण अभियानबारे जानकारी दिदै यो अभियान एकबर्षसम्म निरन्तर चल्ने जानकारी दिए । ‘केन्द्रका नेताहरु एक हुन आवश्यक छ’–दलित संघ केन्द्रीय सदस्य हस्त परियारले भने–‘कांग्रेस नेताकार्यकर्ता अनुशासित बन्नुपर्छ, कामको मूल्याङ्कन गरेर पार्टीले जिम्मेवारी दिइनुपर्छ ।’
केन्द्रमा देखिएको गुटगत राजनीति अन्त्य गरेर एकताको सन्देशसहित कार्यकर्तामाझ जागरण अभियान लैजाँदा मात्रै अभियान सफल र प्रभावकारी हुने सुझाव दिदै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईंले एकपटक केन्द्रीय सदस्य भएको ब्यक्ति सदैव महाधिवेशन प्रतिनिधि भइरहने ब्यवस्थाको खारेज गरेर प्रजातान्त्रिक विधि र प्रक्रियाको सम्मान गर्न केन्द्रीय समितिलाई सुझाव दिए ।
‘नेपाली कांग्रेसले राजाको निरंकुशताविरुद्ध संघर्ष ग¥यो, राणा शासनको अन्त्य ग¥यो’–उनले भने– ‘पार्टीभित्रकै निरंकुशता सहने कुरा हुँदैन, एकपटक नेता भएको ब्यक्ति सँधै नेता हुन चाहन्छ भने उसले वडा तहबाटै अनमोदित भएर जानुपर्छ ।’
एकपटक केन्द्रीय सदस्य बनेको ब्यक्ति सदैव महाधिवेशन प्रतिनिधि भइरहने ब्यवस्थाको खारेजी गर्दै वार्ड समितिबाटै निर्वाचित हुनुपर्ने र समानुपातिक सहभागिता गराउँदा एक ब्यक्तिलाई एकपटक मात्रै अवसर दिनुपर्ने म्याण्डेट यसअघि काठमाडौमा सम्पन्न महाधिवेशन वैठकले दिएको भन्दै कांग्रेसमा विधान संशोधनका लागि महाधिवेशन बैठक शक्तिशाली मानिन्छ ।
तर महाधिवेशनको निर्णय विपरित केन्द्रीय समितिबाट यी दुई मुख्य मुद्दामा पहिलाकै विधान पारित भएको भन्दै अधिकांशले महाधिवेशन बैठकको निर्णय केन्द्रीय समिति बैठकले काट्नै नसक्ने बताएका थिए । पार्टीको यस निर्णयले संस्थागत अराजकता मच्चिएको र पार्टीभित्र निरंकुशता मौलाएको कांग्रेस झापाका सभापति उद्वव थापाको टिप्पणी थियो ।
‘हामीले कहिल्यै कांग्रेसलाई धोका दिएका छैनौ’– कांग्रेसका पुराना कार्यकर्ता गंगाबहादुर भुजेलले नेतृत्वतर्फ संकेत गर्दै भने–‘तपाईहरु मिल्नुहोस्, नेता मिलाउनुहोस्, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुहोस् ।’ ब्यक्तिगत गुटउपगुट छाडेर संस्थागत रुपमा कांग्रेस हुन पाउने ब्यवस्थाका लागि जागरण अभियान केन्द्रीत गर्न सुझाव दिदै अर्का वक्ता दिपेन्द्र ढकालले प्रतिपक्षी भूमिकालाई सशक्त बनाउन पनि पार्टी नेतृत्वलाई आग्रह गरे ।
अर्का वक्ता दिपेन्द्र पोखरेलले ७० बर्ष नाघेका नेताहरुलाई मार्गदर्शक समितिमा बसेर पार्टी हाक्ने जिम्मेवारी युवा नेतालाई दिन आग्रह गरे । कांग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डेले गाउँको जागरणले मात्रै पार्टी बलियो नहुने धारणा राख्दै गाउँमा नआउने नेता जनउत्तरदायी हुनै नसक्ने, टिप्पणी गरे ।
कार्यक्रममा नेपाल महिला संघ सभापति सुशिला ढकाल, तेजप्रसाद चौलागाई, मनप्रसाद कोइराला, डम्बरसिंह शिवु, दीपक तामाङ, सिता पौडेल, भुमा घिमिरे, सुन्दरा लुहागुन, शोभा विक, लगायतले आ–आफ्ना भनाई राखेका थिए । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले आगामी जेठ २ गतेदेखि १८ गतेसम्म जिल्लाका सबै नगर र गाउँस्तरीय जागरण अभियानबारे जानकारी दिनुभएको कार्यक्रममा स्वागत उपसभापति राम कट्टेल र सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...