
१.अहिले समस्या नभएको कुनचाहिँ क्षेत्र छ र ? जता हे¥यो उतै समस्याको चाङ् लागेकै छ ।
झन शिक्षा क्षेत्र त समस्याको चाङ्भित्रै रुमलिएको छ ।
अहिले शिक्षाका बारेमा विद्यालय सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक र त्रिभुवन विश्व विद्यालयमा रिक्त रहेको उपकुलपतिको चर्चा अलि बढी छ ।
त्यसो त नेपालमा विश्व विद्यालयहरु एक दर्जनभन्दा बढी खुलेका छन् , खोलिएका छन् ।
सबै विश्व विद्यालयप्रति राज्यको दायित्व बराबरै हुनुपर्ने हो तर बढी चर्चा त्रिभुवन विश्व विद्यालयकै हुने गर्छ ।
जस्तो कि अहिले कात्तिक १७ गतेदेखि निवर्तित उपकुलपति डाक्टर बाँस्कोटाको अवधि सकिएको थियो र आजसम्म उपकुलपतिको नियुक्तिका बारेमा मुलुक छलफलमा नै छ ।
मुुलुकको कुरा किन भनेको हो भने नाटक गज्जबले मञ्चन गरिएको छ तर परिणाम कस्तो निस्कने हो भन्ने बारेमा अनुमान गर्न थालिएको छ को हुने हो ?
२.त्यसो त यसपटक प्रधानमन्त्री तथा त्रिभुवन विश्व विद्यालयको ऐनले तोकिएका कुलपति पुष्पकमल दाहालले राजनीतिक भागबन्डाभन्दा बाहिरबाट उपकुलपति नियुक्ति गर्ने घोषणाले शिक्षाप्रति चासो राख्ने र उच्च शिक्षाको बेहाल महसुस गर्नेहरुले आशा व्यक्त गरेर चर्चा बढेकै हो ।
अरु समस्याहरु अहिले थातीमा छन्ल जस्तो गरी उपकुलपति जस्तो गरिमामय पदका लागि सार्वजनिकरुपमा दरखास्त मागिएको छ ।
कुल ४३जनाले आफूलाई योग्य उम्मेदवार ठानेर दरखास्त दिएका थिए र १४जनाको नाम त्यसमध्येबाट छानेर अल्पसंख्याको सूची सार्वजनिक भएको देखिन्छ ।
३.विज्ञहरुले छानेर सार्वजनिक गर्नका लागि सिफारिस गरेका नाममा कुनै टिप्पणी गर्नुभन्दा सिफारिस गरेकामध्येबाट नै उपकुलपति चयन गरिने हो भने जुन समस्याका कारणले यो नाटक मञ्चन गरिएको जस्तो गरिएको हो, त्यो सफल हुने छैन र त्रिभुवन विश्व विद्यालयको खास समस्यामा प्रवेश गर्दा नगर्दै यी सिफारिस गरिएका मानिसहरुको कार्यावधि सिद्धिने छ र परीक्षितहरुको नालीबेली बाहिर छताछुल्ल हुँदा पनि हामीले आशा गर्नुपर्ने भनेर बाध्य गराइँदैछ ।
४. वास्तवमा उपकुलपति जस्तो गरिमामय पदमा नियुक्ति गर्नका लागि नेपालमा कोही रहेनछन् भन्ने जस्तो भान परेको छ ।
यस्तो गरिमामय पदका लागि पहिलेदेखि तयारी गर्नुपथ्र्यो र डाक्टर धर्मकान्त सरले छोडेका दिन अर्को उपकुलपतिले काम समालेको हुनुपथ्र्यो । अनि दरखास्त मागेर यस्तो गरिमामय पदको अवमूल्यन गरिएको पनि मान्न सकिन्छ ।
५.राजनीतिको मुलुक चलाउने क्षमता भएका व्यक्तिहरुको क्षमता र उनीहरुको महत्वपूर्ण पक्षलाई यसपटक उपकुलपतिको पदमा चयन गर्ने निहुँमा अवमूल्यन गरिएको पाइयो ।
योग्य व्यक्तिको विवरण सरकारको स्मृतिमा हुुनुपथ्र्यो र जब चाहियो , ती विद्वान र व्यवस्थापनका दक्ष नागरिकलाई सरकारले या कुलपतिले अनुरोध गरेर त्यो कुर्सीमा लगेर राख्नु पथ्र्यो र भन्नुपथ्र्यो—यहाँको कार्यकालमा सरकारले, संस्थाले जे आवश्यक पर्ने हो, सबै सहयोग गर्नेछ र यहाँले यस विश्व विद्यालयको प्राज्ञिक, आर्थिक, प्रशासनिक र सामाजिक अपेक्षाको नेतृत्व गरिदिनु होस् ।
६. हामीले विश्व विद्यालयहरुलाई कब्जाको सिद्धान्तमा राख्यौँ । सबैले कब्जा गर्नैपर्ने । सरकारमा आउने व्यक्तिले कब्जा गर्नैैपर्ने ।
विद्यार्थीहरुले आफ्नो तरिकाले कब्जा गर्नैपर्ने । प्राध्यापकहरुले पनि कब्जा गर्नैपर्ने ।
कर्मचारीहरुले पनि कब्जा गर्नैपर्ने अनि हामी बाहिरका अभिभावक, पूर्व विद्यार्थीहरुको कामचाहिँ अपेक्षाको भारी बोकेर नयाँ नयाँ परिणामको मृगमरीचिका लिएर हिँड्नु पर्ने ।
७. राजनीतिक चेत भएको उपकुलपति , शिक्षाध्यक्ष र रजिस्ट्रार , डिन , प्रिन्सिपल , क्याम्पस चिफ , सहायक क्याम्पस चिफ हुनु अत्यन्त राम्रो लक्षण हो ।
राजनीतिक चेतले समस्याको विश्लेषण गर्न सघाउँछ र समस्याको समाधानलाई चाणक्य नीतिको सिद्धान्तजस्तै गरी कसैलाई हानि होस् तर राज्य र विश्व विद्यालयको हानि नहोस् भन्ने कुरामा एकाग्र रहन्छ ।
तर हाम्रा विश्व विद्यालयहरुको अवस्था कस्तो रह्यो भने जसरी पनि ती संस्थाहरुको दोहन गर्ने । स्वार्थको तापमा रोटी सेक्ने ।
८.यहाँको अवस्था कस्तो रह्यो भने कब्जा कसरी गर्ने भन्ने ध्याउन्नमात्र देखियो ।
राजनीतिक चेतजस्तो चेतनाको धवल अस्तित्वलाई जानाजान संस्थालाई भड्खालोमा लैजाने स्वार्थीपनलाई राजनीतिको लेपन लगाएर राजनीतिको बदनाम गरियो ।
९. स्वार्थको रोटी सेक्नेहरुले आफ्ना निजी महत्वाकांक्षा पूरा गर्न र आफूलाई नियुक्त गर्नेप्रति सधैँ नतमस्तक भएर स्वार्थको खेती गर्नेहरुले गरेका कामहरुलाई हामीले प्राज्ञिक स्वार्थको परिणामसँग दाँजेर हे¥यौँ । यहीँनेर हाम्रो पनि समस्या हो ।
बाटो नदेख्नेहरुले बाटो देखाएको जस्तो भएको हो ।
१०. हाम्रो अवस्था कस्तो छ भने शिक्षाका बारेमा राष्ट्रिय शिक्षा आयोग गठन गर्छौँ र त्यसले दिएको आयोगको प्रतिवेदन आयोगले दिन्छ तर हामी सार्वजनिक गर्दैँनौँ किनभने त्यहाँ कसको स्थार्थको रोटी सेकिएन , अनि प्रतिवेदनहरुमा लेखिएका सुझावहरु त्यसै विलीन भए ।
हुनसक्छ, त्यस्तै सुझावहरुका लागि फेरि अर्को समूहले अर्को आयोग बनाउने छ र आफ्नो कब्जाको सिद्धान्तअनुुसार नयाँ नयाँ सुझावका लागि तयारी समितिहरु गठन गरिने हुन्छ ।
११. र अन्त्यमा, तत्कालै त्रिभुवन विश्व विद्यालयलाई नेतृत्वहीन संस्थाबाट नेतृत्वसहितको संस्था बनाइनु पर्छ ।
अहिलेका १४जनाभन्दा बाहिरबाट पनि अनुरोध गरेर उपकुलपति, रेक्टर, रजिस्ट्रार बनाउन सक्नुपर्छ ।
यसमा कुलपतिले नै आवश्यक परे गोप्य वा सार्वजनिकरुपमा नयाँ नेतृत्वको चयन गर्नका लागि त्यस्तो व्यक्तित्वको नियुक्ति छिटै गर्नुपर्छ ।
त्यसो त अहिलेको प्रयासका बारेमा सकारात्मकता मात्र राख्न सकिन्छ तर यसरी समस्यालाई गिजोलेरमात्र र समय लिएर मात्र प्राज्ञिक नेतृत्वको पहिचान हुन सक्दैन ।
जो भए पनि प्रणाली बनाएर जाने हुनुपर्छ , विश्व विद्यालयहरुमा समूहले, सामूहिक नेतृत्वले गर्ने भए पनि शिक्षा र विश्व विद्यालयको नयाँ वैश्विक चुनौती बुझेको र त्यससँग कसरी अन्तक्र्रिया गर्ने भन्ने धारणा बोकेको प्राज्ञिक नेतृत्वको आवश्यकता देखिन्छ ।
त्यसैले त्रिभुवन विश्व विद्यालयको उपकुलपति हुने मानिस सार्वजनिक रुपमा स्वीकार्य र प्राज्ञिक नेतृत्व दिने खालको हुनुपर्छ, कुलपतिले अनुरोध गरेर उहाँलाई ल्याउनु पर्छ …… ।
हामीसँग त्यस्ता व्यक्तित्वहरु छन् तर तिनले दरखास्त दिँदैनन् , दरखास्त दिनेहरु योग्य होलान् तर धेरै कुरामा सम्झौता गर्नु पर्ने समस्याबाट तिनले आफूलाई जोगाउन सक्ने छैनन् ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको घरमै पुर्याइने भएको...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...