निर्वाचन नै प्रजातन्त्रको आत्मा हो – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

निर्वाचन नै प्रजातन्त्रको आत्मा हो

हरिविनोद अधिकारी

१. नेपाल पत्रकार महासंघको महाधिवेशन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौलका बिच फेरि सूचना आएको छ आगामी असोज १२गते हुनेछ । थाहा छैन, त्यो घोषित तिथिमा पनि निर्वाचन हुनेछ या हुँदैन । तर नाफारहित चलेका सामाजिक संस्था तथा पेसागत संस्थाहरु भनेका नागरिक समाजका प्रतिनिधिमूलक संस्थाहरु हुन् र यिनले समाजलाई , सरकारलाई आवश्यक बाटो देखाउँछन् र आवश्यकता परे आवाजविहीनको आवाजको रुपमा र आफ्नो हक अधिकारको रक्षा गर्न नसक्नेहरु निरीह जनताका तर्फबाट यी संस्थाहरुले सम्बन्धित व्यक्ति या संस्था या सरकारसँग शान्तिपूर्ण आन्दोलन गरेर अधिकार स्थापना गर्छन् र गराउँछन्। कहिले जनतालाई ठिक कुराको जानकारी बेलामा दिएर बचाउँछन् र त दुनियाँका आँखामा सत्यवादी संस्था या व्यक्तिका रुपमा सदैव अमर रहन्छन्।

२. त्यस्तै संस्था हो नेपाल पत्रकार महासंघ । यसको स्थापना नै २००७सालको युगान्तकारी , अकल्पनीय र जनताको लागि अत्यन्त आवश्यक रुपान्तरणको घटना— नेपालमा प्रजातन्त्र स्थापना —भएपछि जनतालाई सुसूचित गर्न र मानव अधिकारको पक्षमा गठित संस्थाको विकसित रुप हो । यसले एकातिर जनताको सुसूचित हुन पाउने प्रजातान्त्रिक हकको संरक्षण गर्छ भने यस पेसामा लाग्ने पत्रकारहरुको व्यक्तिगत तथा सामूहिक हितमा समेत काम गर्छ सिद्धान्ततः । समयको क्रममा यसका धेरै आवश्यकताहरु पनि पहिचान भए , यो अहिले गुणात्मक सूचना र जानकारीका लागि अपरिहार्य पेसा भएको छ पत्रकारिताका रुपमा । यसका विभिन्न आयामहरु स्वतः विकसित हुँदैछन् विश्वव्यापी रुपमा सूचना प्रविधिको विकाससँगै । त्यस्तो संस्थाको निर्वाचन पक्कै बेलामा हुनुपर्ने थियो । अनेक व्यवधान परेर होला, भएन । अब गर्नुपर्ने काममा सबैको ध्यान जानु जरुरी छ ।

३. वाद विवादले एउटा निर्णयमा पक्कै पु¥याउँछ तर कर्तव्य पनि पूरा गर्दै लैजानु पर्छ । त्यसैले असोज १२गते स्वस्थ प्रतिस्पर्धामा निर्वाचन गरौँ र इतिहासदेखि नै नागरिक समाजको आवाज बोल्ने महासंघको संस्थागत विकासमा सबैजना लागौँ ।

४. र अन्त्यमा, सेप्टेम्बर १५ अन्ताराष्ट्रिय प्रजातन्त्र दिवस जसलाई अन्तरव्यवस्थापिकाले लगेको प्रस्तावलाई सन् २००७मा संयुक्त राष्ट्रसंघले समर्थन गरेको थियो । विश्वका करिब आधा जनसंख्याले यस २०२४मा प्रजातन्त्रको अत्यन्त आवश्यक तत्व निर्वाचन गरेका छन् र संयुक्त राज्य अमेरिका पछिल्लो कडीमा निर्वाचनमा छ । संसारमा प्रजातन्त्रप्रतिको सम्मान व्यक्त गर्न र प्रजातन्त्रलाई आफ्नो संस्कृतिको रुपमा आत्मसात् गर्न संसारका सबै देशहरु तथा व्यक्तिहरु सक्षम होऊन् ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०८१ भाद्र ३१, १७: ०१

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०८१ भाद्र ३१, १७: ०१

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०८१ भाद्र ३१, १७: ०१

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...