मनोआकांक्षाका धनि भारतको प्रसिद्ध वैष्णोदवी यात्रा – Naya Bikalpa
June 13, 2025, Friday      Epaper
यात्रा संस्मरण

मनोआकांक्षाका धनि भारतको प्रसिद्ध वैष्णोदवी यात्रा

विगत निकै लामो समयदेखि नेपाल र भारतका प्रसिद्ध तिर्थस्थलको भ्रमण गराउँदै आएका धार्मिक व्यक्ति विनोद दवाडीले निकै अगाडिदेखि मलाई यस्तो धार्मिक तिर्थस्थलका लागि सहभागी हुन आग्रह गरिरहेका थिए । उनको आग्रह र मेरो वैाष्णाेदवीको दर्शन गर्ने तिव्र इच्छाअनुसार गएको चैत १३ गते दिनको २ः३० बजे पोका पोन्तरा सहित तिर्थयात्री गाडी (बस)मा व्यवस्थापनका ४ जना र हामी २४ जना गरेर २८ जनाको टोली नेपालको सुदूरपश्चिमतिर लाग्यौं ।

हाम्रो टोली प्रमुख सवारी धनी विनोद दवाडी चालक दलका प्रमुख रोहित तामाङ, सहचालक बबिन थापा, भान्छा व्यवस्थापक प्रमुख दिलहादुर केसी, सह व्यवस्थापक कमला ओली र तिर्थयात्रीहरुमा जेष्ठ नागरिक रघुनाथ गौतम (७६ वर्ष) डा. सुर्दशर्नन प्रसाद गौतम, तारा गौतम, पण्डित केशव अर्याल, विमला अर्याल, उत्तमप्रसाद दवाडी महेश्वरी दवाडी, हरिप्रसाद दवाडी, अम्बिका दवाडी, दामोदरप्रसाद दवाडी रिता ढकाल दवाडी, सुशीलप्रसाद दवाडी, सुस्मा दवाडी, सुन्दर प्रसाद दवाडी प्रतिमा (तुलसी) दवाडी, मदन प्रसाद दवाडी कल्पना दवाडी गोमा दवाडी, दुर्गा गुरागाई, इश्वरी दवाडी, कोपिला दवाडी, उषा दवाडी (पन्त), अर्चना खनाल, ममता विष्ट सभागी रहेको तिर्थालुहरु पहिलो दिन देवघाट, दोस्रो दिन कोहलपुर र तेस्रो दिन कञ्चनपुर भन्सार कार्यालयबाट चेकजाँचपछि भारतको प्रमुख सिमना वनवासको सुरक्षाकर्मीले प्रत्येक तिर्थालुको पोकापोन्तरा र व्यक्तिको सुरक्षा जाँचपछि करिब १ किलो मिटरको हिडाइपछि हामी तिर्थालुहरु १ बजेतिर भारतको प्रमुख नाका बनबासाबाट बदरपुर हुँदै रुद्रपुरको पञ्जावी ढावामा दालरोटी खाएर करिब २०० किमीमा रहेको हरिद्वार पुगियो बेलुकी सातबजे ।

 

बेलुकी ढिला भइसकेको हुँदा त्यो दिन बास बस्ने मात्र काम भयो, तिर्थयात्री सुशील प्रसाद दवाडीको जन्मदिन परेकोले केक काट्ने र नाचगानमा रमाइयो । भोलीपल्ट चैत १६ गते औशी परेको हुँदा हाम्रा टोली प्रमुखले सबै तिर्थयात्रीहरुलाई सबेरै उठाएर हरिद्वारको हरिपौडीमा स्नान गराएर उहाँले नै व्यवस्था गर्नु भएको पुरोहितबाट आ–आफ्नो पितृको नाममा कुशाघाटमा श्राद्ध तथा कुशाघाटबाट विधीअनुसार तर्पण दिने कार्य गरियो । करिब २ घण्टानमा सो कार्यपछि यक्षकुण्ड चामुण्डादेवी, अन्जनी माता मन्दिर हनुमान मन्दिर, पार्वतीले तपस्या गरेको स्थान मन्सादेवी चण्डीदेवीको विशेष दर्शन गरियो ।

किनकी यस बीचमा चैतेदशै नवरात्री पनि भएको हुँदा विशेषगरी देवीहरुको पुजा अर्चनामा विशेष भिड लाग्छ । यसरी दुई दिन हरिद्वारको विभिन्न मठमन्दिरको दर्शनपछि चैत १७ गते बिहान कुरुक्षेत्रको लागि हाम्रो यात्रा तय भयो । कुरुक्षेत्रमा बास बसेर भोलीपल्ट बिहानदेखि ब्रह्मकुण्ड, स्थान, प्राचीन शिव मन्दिर दर्शन गिता मन्दिर भद्रकाली, कालभैरवको दर्शन गर्दै कुरुक्षेत्रको पाण्डव कौरव गिताज्ञान, कृष्णलिला, सुर्यकुण्ड, अर्जुन भिष्मपितामह वाण सयन अवलोकन गर्नुको साथै कुरुक्षेत्रको छोटो डकुमेन्ट्री हेरेपछि वासस्थानतिर लागियो । वासस्थानमा आ–आफ्नो सुविधा अनुसार छुट्टाछुट्टै र सामुहिक सुत्ने व्यवस्थापन गरिएको थियो । प्रायगरी सबै वासस्थानमा यसरी नै बसियो ।

यसरी फागुन १८ गते बिहान हामी फेरि चण्डीगढ पंजावतिर हुइँकियौं बाटोमा गुरुद्वारमा बिहानको फ्रि नास्तापछि त्यही सडक पेटीमा खाना पकाउने व्यवस्था मिलाइएको रहेछ । सामुहिक समावेशी भान्छाघरमा म पहिलो पटक खाना खाएर थालसमेत माझेर हिँडेकोले रमाइलो पनि लाग्यो । मूलसडकको ठूलो पेटीभित्र ट्युवेल धाराबाट पानी तानेर थाल माझ्नुपर्ने, सहचालकको निर्देशनअनुसार समयमै गाडीमा छिर्नुपर्ने यात्रा लामो दूरी भएको हुँदा बीच बीचमा जंगलको छेउछाउमा पिसाप गराउँदा महिलाहरुलाई पछाडि पठाउने र पुरुषहरुलाई अगाडि पठाउने सहचालकले संकेत गर्दा रहेछन् । निकै लामो दुरीको ड्राभिङ भएता पनि प्रमुख चालक रोहित तामाङको बस ड्राइभिङ निकै सन्तुलित रहेछ ।

बसको यात्रा निकै लामो भएको हुँदा खाना पकाउने र खाने समय त्यति उचित समयमा नहुने हुँदा हाम्रा अनुभवी पाका तिर्थयात्रीहरुले ड्राइफुड जस्तै, मकै, चिउरा, दालमोठ, नरिवल, मिस्री, पुष्टकारी चकलेट, ओखर, काजु, बदामजस्ता खानेकुराहरु एकआपसमा महिला तिर्थयात्रीहरुले गुड्दै गरिरहेको बसमा पालैपालो बाँडिरहने हुँदा भोक लागेको महसुस नहुँदो रहेछ । यो कार्य र सम्पूर्ण तिर्थाटनको विशेष व्यवस्थपकीय जिम्मेवारी सुस्मा दवाडी, कल्पना दवाडी, अम्बिका दवाडी र रिता ढकाल दवाडीको विशेष भूमिका रह्यो ।

बिहान गुरुद्वारका सञ्चालकहरुले जोकोही गएपनि बिहानको नास्ता चिया ठूलाठूला दुई हातमा अटाउने गरी पातला रोटी थ्याप्पथ्याप्प हालिदिँदा रहेछन् । सबैले दुई दुई वटा रोटी एक गिलास मोही, एक गिलास दुध चिया खायौं, भान्छा व्यवस्थापनले भात पकाउने र तरकारी काट्नेले तरकारी काटिरहेकाले हामी केही मान्छे खाली भएका कारण प्रमुख चालक तामाङको आग्रहलाई स्वीकार गर्दै बसको क्याविनमा बसेर म्यारिज –तास) पनि खेल्न भ्याइयो । तर मैले धेरैमा खेलेको हुँदा निकै भारतीय रुपैयाँ हारेँ ।

खाना पाकिसकेपछि खाना खाएर थाल माझेर गाडीमा हालिसकेपछि पुनः पञ्चावतिर हुँइकियौ बेलुकी ४ बजेतिर पञ्चाव पुगियो । बासस्थानको व्यवस्थापनपछि कोही स्वर्णमन्दिर त कोही बागाबोर्डरतिर हिँड्यौ । बेलुकी फेरि उही सामुहिक समावेशी मान्छाघरमा भेट ।
भोलिपल्ट अर्थात् १९ गते बिहानै जाम्बुकास्मिर बोर्डर पार गर्दै कटरा जाने रुटमा बिहानको खाना पकाएर खाँदै जाँदा तिर्थालुहरुलाई झाडावान्ता पनि लाग्यो तर पनि सबैले पचाए । यसको कारण भने बाटा बाटामो बोरिङको पानीका कारण हो कि भन्ने लाग्यो । यो व्यवस्थापकीय कमजोरी हो । यसरी ५ बजेतिर कटरा पुगेर बास बस्ने स्थानतिर लागियो । बासस्थान होटल पुगेर कोठा व्यवस्थापन गर्ने कुरामा थोरै विवाद आयो तर पहिले नै टोली प्रमुख विनोद दवाडीले फोन गरेर होटल बुक गरेका रहेछन् । होटलवालाले पनि मानिसअनुसारको रुम (कोठा) नलिए खाना पकाउन दिँदो रहेनछ । कमै रिसाएको देखिने विनोद दवाडी त्यतिबेला निकै आक्रोशित भए मुख्य मन्दिर वैष्णोदेवी जाने ग्रुप नै फुटाइदिए ।

एउटा ग्रुप खाना खाएर राति १० बजेतिर १४ किलोमिटर हिँड्दै वैष्णाेदेवी दर्शनका लागि गए भने विनोदसहित हामी ७ जना हिँडेर जान आँट नआएका कारण राति १ बजे घोडा चढेर ५ बजेतिर मात्र वैष्णोदेवी मन्दिर पुग्यौं तर नृत्यपुजा सुरु भएकोले करिब ३ घण्टा कुर्नुप¥यो । मैले एक जना इन्जिनियर पवन जी भन्ने मान्छे चिनेकोले उनको सहयोगमा ५ नम्बरको गेटबाट भित्र पस्दा पनि करिब ५ हजार भन्दा पछाडि पालो आयो । बेलुकी १० बजे हिँडेर जानेहरुले सहज दर्शन पाए । हामी भने घोडामा चढेर जानेले निकै कुर्नुप¥यो । यसरी दुई ग्रुप भएर जाने निर्णय मूल व्यवस्थापक विनोद दवाडीको गलत निर्णय थियो भने यहाँदेखि गएका तिर्थालुहरुले पनि छुट्यिएर जानु नहुने र हामीले पनि छोड्न नहुने यो काम अलि गलत भयो कि भन्ने लाग्यो ।

तर पनि हामी काठमाडौंमा बसेको मान्छेलाई घोडा चढ्ने प्राक्टिस नभएकाले होला उकालोमा झन् बढी संवेदनशीलन स्थानलाई जोगाउनुपर्ने अंगमा बढी दख्खल पर्ने रहेछ । ओरालोमा ठाडो भएर बस्दा कम्मर भाँचिने डरले सताउँदो रहेछ । फेरि हामी सातै जना घोडा चढेको पहिलो पटक रहेछ । त्यति लामो बाटो १४ किलोमिटर जे होस् भोकप्यास निन्द्रा केही पनि प्रवाह नगरी करिब ५ घण्टाको घोडाबाट यात्रापछि प्रसिद्ध मनोकांक्षाका धनी माताको दर्शन पाउँदा मन निकै हर्षित भयो ।

नवरात्रि परेको हुँदा भिडलाई सुरक्षाकर्मीले नियन्त्रण गर्दै छोटै समयमा मन्दिरबाट तान्दा रहेछन् । निकै लामो समय उभिएर लाइन बसेको हुँदा खुट्टाहरु निकै दुखेता पनि दर्शनपछि दुखेको अनुभव भएन, माता वैष्णोदेवीको दर्शन पश्चात टापुमा रहेको भैरव दर्शन हिँडेर पुगियो, फर्कदा केवुलकारबाट फर्कियो । आदि बाटोसम्म बिजुली गाडी चल्ने हुँदा टिकटका लागि लाइन बसियो तर बिजुली गाडी पाइएन । ६ किलोमिटर बाँकी हुँदा हामीसँगै हिँडिरहेका सुन्दरप्रसाद दवाडी बाटोमा छुटेको हुँदा एक छिन रुवाबासी नै चल्यो । तर बेलुकी एक्लै लुरुलुरु हाँस्दैहाँस्दै बासस्थान आइपुग्दा सबै खुसी भए ।

बल्लबल्ल हिँडेरै १४ किलोमिटर पार गरेर ट्याम्पु पार्कबाट ट्याम्पु चढेर होटलमा पुगियो । जे होस् यो तिर्थाटन एक किसिमको नयाँ खालको अनुभव र शुद्ध धार्मिक भएको हुँदा निकै कष्ट हुँदा पनि सहन सकियो । हाम्रा विनोद दवाडीले भारतका धेरै प्रसिद्ध तिर्थस्थल चारधाम, तिनधाम, बद्रीकेदारजस्ता तिर्थाटनहरुमा हजारौं नेपालीलाई पु¥याएका छन् । यस्ता तिर्थाटनमा जाँदा १५ दिनदेखि ४८ दिनसम्मको यात्रामा आफैले पकाउने ख्वाउने व्यवस्थापन गर्दा रहेछन् ।

हामीले पनि सोही अनुसार करिब १२ दिनको तिर्थाटन र विभिन्न पर्यटकीय भ्रमण गरियो । साँच्चैनै वैष्णोदेवी माताको दर्शन पाएपछि मन निकै हर्षित हुँदो रहेछ । फर्केर आउँदा म र रिताजी कटराबाट दुईतले स्लिपर बस चढेर दिल्लीतिर लाग्यौं । १४ किलोमिटर हिँडेर आएको हुँदा भुसुक्कै निदाएछौं । किनकी सुतेर गुड्ने बसमा ननिदाउने त कुरै भएन । उहाँहरु फर्कदा ज्वालादेवीबाट हरिद्वार हुँदै बनबासाबाट महेन्द्रनगर चिसापानी, देवघाट एक÷एक रातको बसाईपछि घर पुग्नुभयो हामी भने दिल्लीबाट सिधैं काठमाडौं आयौं । तर यस्ता तिर्थस्थल बुढेसकाल लागेपछि मात्र जाने भन्ने हाम्रो भ्रमलाई तोड्नुपर्छ ।

उमेर छँदैमा भ्रमण गर्दा बल पुग्छ भन्ने लाग्यो । फेरि यस्ता भ्रमण तथा तिर्थस्थल जाँदा जसले अगुवाई गर्छ उसको नीति निर्देशन अलि कडा हुनुपर्दाे रहेछ । हाम्रा टोली प्रमुखले त्यति कडाइ गर्न नसक्दा सानातिना झमेला उब्जिरह्यो । यस्तो भ्रमण तथा तिर्थाटनमा सकभर उमेर करिब करिब उस्तैउस्तै जस्तो भएमा अलि सहज हुने हो कि भन्ने लाग्यो । अलि उरन्ठेउलाहरुसँग हामी बुढापाकाहरुको कुरा नमिल्दो रहेछ । फेरि हाम्रो टोलीमा महिलाहरुको बहुल्यता भएको हुँदा महिलाहरुको बढी नै हैकम चलेको अनुभव भयो । किनकी कुनै पनि खेलको आ–आफ्नै नियम हुन्छ । खेल खेलाउने र खेल्नेले नियम पालना गर्नैपर्छ । नियम पालन नगर्नेले खेल खेल्न सक्दैन । जय वैष्णोदेवी माता ।

(नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
  • २०८२ बैशाख १५, १३: ४१

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८२ बैशाख १५, १३: ४१

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८२ बैशाख १५, १३: ४१

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...