काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सत्तासहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २१ वैशाखमा आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर २५ वैशाखभित्र मन्त्रिपरिषद् बैठकबाटनेपाल राष्ट्रबैंको गभर्नर नियुक्तिको विषय टुंग्याउने बताएका थिए ।यसअघि ३ वैशाखमा ओली र देउवाबीच नयाँ गभर्नरमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएर बसेका डा. गुणाकर भट्टलाई नियुक्त गर्ने विषयमा सहमति भएको थियो ।
दुई नेताबीच नेपाल प्रहरीकाआगामी दुई महानिरीक्षक ओलीले चाहेका व्यक्ति हुने गरी अतिरिक्त महानिरीक्षक बढुवा गर्ने र गभर्नर भट्टलाई बनाउने सहमति भएको थियो । त्यहि सहमतिअनुसार एआईजी बढुवा भइसक्यो तर गभर्नर नियुक्तिको विषय अल्झेको छ । जबकि बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था भएता पनि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २३ चैत २०८१ मा सकिएको एक महिना छ दिन बितिसक्दा पनि नतृत्व चयन गर्न सकेको छैन । कतिसम्म भने नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनेको डेढ महिनासम्म सिफारिस समितिको बैठकसमेत बस्न नसकेपछि समितिका एकजना सदस्य पूर्व गभर्नर बिजयनाथ भट्टराईले पदबाट राजीनामा दिए । उनको राजीनामापछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा राखेको छ ।
शीर्ष नेताद्धयवीच भएको सहमति कार्यान्वयन हुन नसक्नुका पछाडि पुरानै स्वार्थ समूह हावी भएको त होइन भन्ने आशंका पनि उब्जिएको छ । होइन भने सहमति भइसकेको विषय किन यसरी गिजोलिन पुगेको छ त ? नयाँ गभर्नर नियुक्तिका लागि आश्वासन पाएका डा. गुणाकर भट्टले राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट दिएको राजीनामा कामु गभर्नर डा. निलम तिम्सिना ढुंगानाले अहिलेसम्म स्वीकृत गरेकी छैनन् । जबकि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई बोलाएर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन पनि दिएका थिए । तर, पनि उनले भट्टको राजीनामा आफूले स्वीकृत नगर्ने बताउने गरेकी छन् । त्यसकारण ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्नुलाई सामान्य घटनाका रुपमा मात्र हेरिनु हुदैन ।
गभर्नर नियुक्तिको विषय यसरी थप जटिल बन्दै गएपछि सभापति देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बिहान पदाधिकारी बैठक बसेको थियो । बैठकमा गभर्नर नियुक्तिमा किन ढिलाइ भइरहेको हो भनी पदाधिकारीहरूले प्रश्न गरेका थिए ।जवाफमा सभापति देउवाले यसबारे अब छिट्टै निर्णय हुने जबाफ दिएका थिए ।कतिपय पदाधिकारीले प्रधानमन्त्री ओलीले कांग्रेसलाई गभर्नर पद नदिनका लागि यो विषयलाई धेरै गिजोलेको त होइन भनी आशंका गरेका थिए । तर सभापति देउवाले प्रधानमन्त्री ओलीका कारण गभर्नर नियुक्तिमा ढिलाई नभएको बरु राष्ट्रबैंक भित्रकै कारणले समस्या भएको बताएका थिए । देउवाले यसो भनिरहदा अझै पनि ढुंगानाबाट डा.भट्टको राजीनामा स्वीकृत भएन भने के हुन्छ त ? सभापति देउवा प्रधानमन्त्री ओलीको निर्देशमा भट्टको राजीनामा स्वीकृत हुन्छ र गभर्नर नियुक्ति प्रकृया अघि बढ्छ भन्नेमा हिजोका दिनमा जस्तो बिश्वस्त नभए पनि आशावादी छन् । तर, राजीनामा स्वीकृत हुन नसक्दाको बिकल्प चाँही ? स्रोतका अनुसार बिचौलियको स्वार्थमा प्रधानमन्त्री ओली र सभापति देउवावीच नचाहदा नचाहदै पनि भोलिका दिनमा यस्तो अवस्थाआउन सक्ने भएकोेले विकल्पमा पनि कुरा अघि
कांग्रेस : भट्टको विकल्प को ?
शुक्रबारको पदाधिकारी बैठकको छलफलको एउटा प्रमुख एजेण्डा थियो, गभर्नर नियुक्ति । कांग्रेसका तर्फबाट नयाँ गभर्नरका लागि औपचारिक रुपमा अघि सारिएका डा. भट्टको राजीनामा स्वीकृत हुन नसकेपछि के गर्ने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको थियो । बैठकमा सभापति देउवाले त्यस्तो अवस्थामा बिकल्पमा छलफल गर्नुपर्ने उनको राय थियो । गभर्नरमा नियुक्त गर्न नसकेको अवस्थामा भट्टलाई कुनै संवैधानिक निकायमा नियुक्त गरेर अर्को विकल्पमा जानुपर्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको थियो । बुढानीलकण्ठ स्रोतका अनुसार नियुक्ति प्रकृया जटिल बन्दै गएपछि केही दिन अघि देउवाले डा. भट्टलाई आफ्नै निवासमा बोलाएर नियुक्तिमा समस्या भएको बताएका थिए । यसो हुँदा गभर्नरमा हाल चर्चामा रहेका भन्दा नयाँ व्यक्तिको संभावना बढेर गएको छ ।
यद्यपि कतिपयले नयाँ गभर्नरमा नविल बैंकको सिइओबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानाको नाम पनि लिएका छन् । कांग्रेस पृष्ठभूमिका ज्ञानेन्द्रका दाजु गोविन्द ढुंगाना तेह्रथुम कांग्रेसका नेता पनि हुन्। अर्कातिर, कांग्रेस सांसद बिनोद चौधरी निकटका ढुंगानालाई पछिल्लो समय कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले पनि अघि बढाएका छन् । कांग्रेस महामन्त्रीद्धयको प्रस्तावमा कोषाध्यक्ष मनोनित गरिएका उमेशका कारण थापा र शर्मा पनि ढुंगानाकै पक्षमा लबिङ गरिरहेका छन् । त्यसका लागि कोषाध्यक्ष श्रेष्ठले परराष्टमन्त्री आरजु राणाको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।\
गभर्नरमा सभापति देउवाका लागि पहिलो प्राथमिकतामा डा.भट्टकै नाम छ । तर उनले दिएको राजीनामा स्वीकृत नगरी मन्त्रिपरिषद बैठकबाट गभर्नर नियुक्ति गर्दा भोलिका दिनमाकाननी अड्चन आउन सक्छ कि भनेर कतिपयले आशंका गरेका छन् । यद्यपि कतिपय कानुन व्यवसायीले कायममुकायम गभर्नरले भट्टको राजीनामा स्वीकृत नगरे पनि गभर्नर नियुक्तिमा बाधा नपर्ने कुरा बताएका छन् ।
दोस्रो विकल्प भनेको ढुंगानाले कुनै पनि हालतमा राजीनामा स्वीकृत नगरेमा कायममुकायम गभर्नर अर्को व्यक्तिलाई तोक्ने । त्यसका लागि पनि कुनै कानुनी बाधा अड्चन आउन सक्छ कि भनेर प्रधानमन्त्री ओली र सभापति देउवाले कानुनी परामर्श शुरु गरेका छन् । यो विकल्पमा कुनै किसिमको कानुनी बाधा नहुने भएमा ढुंगानाको ठाउँमा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई ल्याएर उनीमार्फत राजीनामा स्वीकृत गराएर डा. भट्टका लागि गभर्नरको ढोका खुलाउन सहज बनाउन सकिने गरी दोस्रो विकल्पमा छलफल भइरहेको छ ।
यी दुई बिकल्पबाट काम नभएको अवस्थामा तेस्रो बिकल्प भनेका गभर्नरमा अर्को व्यक्ति अघि सार्ने । यो तेस्रो बिकल्पमा पनि प्रधानमन्त्री ओली र सभापति देउवाबीच एक दुई चरणमा कुराकानी भइसकेको बताइएको छ । यो तेस्रो बिकल्पका पछाडि स्वार्थ समूहको स्वार्थ जोडिएको छ । यति हुँदाहुँदै पनि ओली र देउवाबीच कांग्रेसले गभर्नरको नाम दिने कुरामा भने राजनीतिक समझदारी भने बनिसकेको छ ।
यसरी अघि सारिएका तीन बिकल्पमध्ये तेस्रो बिकल्प बलियो हुँदै गएको राजनीतिकबृत्तमा चर्चा छ । त्यसो त सभापति देउवाले शुक्रबार बसेको पदाधिकारी बैठकमा पनि यसको संकेत गरिसकेको छन् ।पदाधिकारी बैठकमा सभापति देउवाले दोस्रो व्यक्तिलाई गभर्नरमा सिफारिस गर्नुपर्ने हुनसक्छ भनेपछि भट्टको विकल्पबारे कांग्रेसमा बहस शुरु भएको हो । यदि त्यसो भएमा राजीनामा दिएर बसेका भट्टलाई पुनः सोही पदमा फर्काउने भन्दा अन्य कुनै संवैधानिक निकायमा नियुक्त गरेर अर्को विकल्पमा जानुपर्ने विषयमा कांग्रेसभित्र छलफल अघि बढेको छ ।
मुलुक यतिबेला नयाँ आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेको छ । सिंगो मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेला एक महिना भन्दा लामो समय भयो गभर्नर पद रिक्त भएको । यस बीचमा गठन गरिएको सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेका फटाफट काम अघि बढाउनु पर्नेमा गभर्नर नियुक्ति हुन नसक्नुले चैतर्फी रुपमा सरकारको निर्णय क्षमतामा समेत प्रश्न उब्जिएको छ । (नयाँ विकल्प साप्ताहिकबाट साभार)
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...