१. नेपालले सगरमाथा संवाद आयोजना ग¥यो । त्यसको उद्देश्य थियो, हिमालय र पहाडी देशहरुमा देखिएको जलवायु परिवर्तनको ती क्षेत्रहरुमा र त्यहाँ बसोबास गर्ने जनताहरुमा परेको प्रभावको लेखाजोखा गर्नु नै हो । सबैभन्दा अग्ला पहाडहरुमा पर्ने हिउँको मात्रा कम हुनु, जलवायु परिवर्तनका कारणले विश्वमा तापमान बढ्दै जाँदा हिउँका श्रोतहरु सुक्दै जाने र अरबौँ जनसंख्याको पानी र सिँचाईको श्रोतमा कमी आउने कुराको सचेतना फैलाउनु थियो । त्यो सचेतना पक्कै फैलिएको आशा गरिन्छ ।
२. विश्व तातिरहेको छ । कम्तीमा पनि धेरै तात्न नदिन कार्बन उत्सर्जन कम हुुनैपर्छ तर विकसित देशहरुका औद्योगिक तथा परमाणविक कार्यक्रमले कार्बन अत्यधिक उत्सर्जन भएकै छ । विकास र तापक्रम अनुकूलनलाई कसरी सन्तुलनमा ल्याउने भन्ने कुरो बढी नै सामयिक हुनेछ । अनि नेपाल जस्ता कार्बन अत्यन्त न्यून परिमाणमा उत्पन्न गर्ने देशहरुले, क्षेत्रहरुले तापक्रमको मारमा परेर आफ्ना हिमालमा हिउँको कमी हुँदै जाने, हिउँको कमीले हिमाली प्रदेशमा बस्ने बासिन्दाहरुको जीवन कष्टदायक हुने अनि तल्लो तटमा समेत त्यसबाट पर्ने प्रभावमा कुनै कमी नहुने अवस्थाको बारेमा जेठ २,३ र ४ गते खुलेर छलफल भयो । त्यसले काठमाडौँ घोषणापत्र पनि जारी ग¥यो ।
३. सगरमाथा संवाद हुनुपर्ने थियो, भयो । छलफल हुनुपथ्र्यो , भयो । घोषणापत्र जारी गर्नुपर्ने थियो, गरियो । तर सगरमाथा संवादको उद्देश्य त तापक्रम वृद्धिका कारणले भएका यावत् परिणामहरुको लेखाजोखा गरी त्यसबाट कति समस्या परेको छ र त्यो समस्याको तत्काल क्षतिपूर्ति, परिपूरण र दीर्घकालमा कसरी तापक्रमलाई सीमित गरी यो विश्वलाई कमभन्दा कम क्षति पु¥याउने भन्ने हो । जलवायु परिवर्तनले पु¥याएको हानि र नोक्सानीलाई क्षतिपूर्ति गर्न तयार भएको कोषको ती क्षेत्र तथा त्यहाँका जनताको क्षति लेखाजोखा गरी परिपूरण गर्नु हो । क्षतिपूर्ति कसरी आँकलन गर्ने भन्ने विधि तयार गर्नु हो । खासगरी हिमाली क्षेत्रमा देखिएको , हिमालय परिवेशमा बाँच्न परेको अप्ठेरोलाई कसरी समाधान गर्ने भन्ने महत्वपूर्ण प्रश्न पहिलेदेखि नै उठेको छ । कमभन्दा कम कार्बन उत्पादन गर्नका लागि विकसित देशहरु प्रतिबद्ध हुनुपर्नेमा उनीहरुको यसमा चासो देखिएन जवकि तापक्रमको उतार चढावले ती देशहरुमा पनि डँढेलो, हावा हुरी, समुद्री तुफान जस्ता विपद्को सामना गर्नु परेकै छ ।
४. नेपाल जस्ता देशले भोग्नु परेको भनेको अर्काको गल्तीको परिणाम हो । हाम्रै कारणले जलवायुमा परिवर्तन हुने गरी कुनै काम भएको छैन तर हिमालमा हिउँ नपर्ने, सधैँ बेलाका हिउँ परेर खेती अन्नबाली हुने , फलफूल हुने ठाउँमा हिउँ नपरी जमिन बाँझो रहने र जलवायुको अनुकूलनमा हुने अन्नबाली नहुने विभिन्न कारणले नेपालको हिमाली भेग प्रताडित छ । त्यहाँका निरपराध बासिन्दा छक्क पर्छन्, हेर्दाहेर्दै यस्तो किन भयो ? कसको गल्तीले भयो ?
५. सायद सगरमाथा संवादले त्यसमा छलफल गरे पनि प्रकृतिको दोहन गर्ने र प्रकृतिलाई यो नाजुक अवस्थामा पु¥याउनेहरुसँग कसरी क्षतिपूर्ति लिने , परिपूरण लिने दिने भन्ने निक्र्यौल हुन सकेन । हिमालको मात्र कुरा होइन, सामुद्रिक तटका देशहरुमा पनि अब समुद्रको सतह बढ्दै गएर कम्तीमा पनि २० मिटरसम्म डुब्ने सम्भावना व्यक्त गरिँदैछ । हिमाल मुनिका पहाडहरुमा कतिखेर पानी पर्छ, कतिखेर बाढी आउँछ र कतिखेर हावाहुन्डरी आउँछ भन्ने कुनै ठेगान रहेन । त्यसले ककेससदेखि वर्मासम्मको अवस्था नाजुक भएको हो । खासगरी नेपालको उत्तरी भेग हिमाच्छादित रहेको, त्यसका काखमा बसेका बासिन्दाहरु, पहाडी क्षेत्रमा रहेका बासिन्दाहरु र तराईमा रहेका बासिन्दाहरुमा खानेपानीको हाहाकार हुन थालेको छ । सिँचाइमा अप्ठेरो पर्न थालेको छ । खेतीपातीको समयमा परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । यी सबै परिवर्तनका कारणले भएको क्षतिपूर्तिको परिपूरण कति लिने? कसले दिने ? अल्पकालीन र दीर्घकालीन समाधान के हो ? भन्ने अन्यौल बढेको छ । दिनपरदिन वातावरणमा परिवर्तन हुँदा जीवन धान्न गाह्रो भएको छ र त्यसको परिणाम विश्वमा एकैनासले नपरे पनि परिणामले छिटै असर पु¥याएको ठाउँमा भने जीवन धान्न समस्या परेको छ । सायद सगरमाथा संवाद नेपालमा गरेर हिमालको अवस्थाप्रति विश्वको ध्यान आकर्षण गरिएको हुनुपर्छ, विश्वमा अन्य देशहरुको ध्यान आकर्षित भएको हुनुपर्छ ।
६. र अन्त्यमा, यसै छेको पारेर नेपालका प्रजातन्त्रवादी पत्रकारको संगठन नेपाल प्रेस युनियनले पनि मे ९ तारेख देखि १३ तारेखसम्म लोमान्थाङ् अन्तराष्ट्रिय मिडिया समिट गरेको थियो । प्रजातन्त्र, प्रेस स्वतन्त्रता तथा जलवाय संकटका विषयमा काठमाडौँ, पोखरा र जोमसोममा अन्तराष्ट्रिय सम्मेलन गरी करिब १५० जना नेपाली तथा विदेशी पत्रकारहरुसमेतको संलग्नतामा लोमन्थाङ् घोषणापत्र जारी गरेको छ । मुस्ताड्र्को ऐतिहासिक तथा साँस्कृकित थलो लोमन्थाङ् नै छान्नु परेको कारण त त्यो हिमाली प्रदेशमा देखिएको जलवायु संकटलाई साङ्केतिकरुपमा परिचय दिइएको हो । प्रजातन्त्र नभई प्रेस फ्रिडम हुँदैन, प्रेस फ्रिडम नभई जनतालाई सुसूचित गर्न सकिँदैन र जलवायु संकटले संसारलाई नै त्रस्त पारेको बेलामा पत्रकारिताको धर्म नै हुनजान्छ, संसारलाई यसबारेमा, हिमाली देशहरुका बारेमा र खासगरी नेपालका बारेमा सुसूचित गर्नु । सगरमाथा संवादसँगै काठमाडौँमा नेपाल सरकारको आयोजनामा तयार गरिएको घोषणापत्र जस्तै सबै कुराहरु समेटेर नेपालका प्रजातन्त्रवादी पत्रकारहरुको प्रयासमा लोमान्थाङ् घोषणापत्र जारी भएको छ । हामी पत्रकारितामा लाग्नेहरुले जनतालाई जलवायुका बारेमा ,जलवायुको संकटका बारेमा, त्यसको समाधानका बारेमा सबैलाई सुसूचित गराउने काममा लाग्नु पर्ने नयाँ अठोट देखाउनु पर्ने बेला आएको छ । जलवायु संकट हामी सबैको लागि आपदविपद्को कुरा हो । सतर्कताका साथ त्यसबाट कसरी बच्ने भन्ने विषयमा हाम्रा सञ्चारका साधनहरुको सदुपयोग जरुरी छ ।
काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८...
काठमाडौं । लोकतन्त्रकवादी संस्था नेपाल तामाङ संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । काठमाडौं जिल्लाको प्रथम अधिवेशन यही असार...
१. सर्वोच्च अदालतको संवैधानिक अदालतले गरेको संवैधानिक अङ्गहरुको नियुक्तिका विषयमा भएका निर्णयको तरङ्गले राजनीतिक तथा कानुनी क्षेत्र तरङ्गित भएको छ...