
काठमाडौं।नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट दुई अग्रज साहित्यिक पत्रकार पुरस्कृत भएका छन् ।
प्रतिष्ठानमा मंगलबार आयोजित एक समारोहकाबीच प्रतिष्ठानका कुलपति भूपाल राईले उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरे ।
‘नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अग्रज साहित्यिक पत्रकार मोहन दुवाल र ‘मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अग्रज साहित्यिक पत्रकार वीरबहादुर चन्दलाई प्रदान गरिएको हो ।
दुवाल पाँच दशकदेखि ‘जनमत’ साहित्यक पत्रिका प्रकाशन र सम्पादन गर्दै आएका छन् । चन्दले डोटेली भाषाको पत्रिका ‘गुगुल्डी’२०५४ सालदेखि गुगुल्डी मासिक पत्रिका प्रकाशन गर्दै आएका छन् ।
उक्त समारोहमा प्राज्ञ अमर न्यौपानेले पुरस्कृत व्यक्तिकाबारेमा प्रकाश पारेका थिए ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...