
चितवन । चितवनस्थित कविडाँडा साहित्य समाजले २०८१ सालका लागि ‘कवि डाँडा राष्ट्रिय आख्यान पुरस्कार’को पहिलो चरणमा उत्कृष्ट दश आख्यानकृतिको सूची सार्वजनिक गरेको छ ।
‘अर्हत्’ शैलेन्द्र अधिकारीको ‘अर्हत्’, छुदेन काविमोको ‘उरमाल’,रमेश क्षितिजको ‘एउटा मायी नगरमा’,जयराम तिमल्सिनाको ‘धीमहि’,पंचम अधिकारीको‘प्रवासीको देश हुन्न’ टंक चौलागाईंको,‘रुदाने’,श्रीधर खनालको ‘सावर्णि’,बसन्त बस्नेतको ‘सिमसारा’,सरस्वती प्रतिक्षाको ‘स्व’ र तीर्थ गुरुङको ‘हिउँको गीत’आख्यान कृतिहरुसूचीमा परेको समाजका अध्यक्ष एल.बी.क्षेत्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशित गरिने र ती मध्येबाट उत्कृष्ट एक कृतिको छनोट गरिने विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...