स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी

काठमाडौं : नयाँ पुस्ता भनेर चिनिने ‘जेनजी’ (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) युवाहरूले सोमबारदेखि राजधानी काठमाडौंमा सडक प्रदर्शन थालेका छन् ।

माइतीघर मण्डलामा भेला भएका उनीहरूले बिहान ११ बजेतिर बानेश्वरतर्फ शान्तिपूर्ण मार्च सुरु गरेका हुन् । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र मुलुकभर बढ्दो भ्रष्टाचार उनीहरूको मुख्य एजेन्डा बनेको छ ।

काठमाडौं मात्र नभई पोखरा, दाङसहित अन्य सहरहरूमा पनि आजैदेखि जेनजी पुस्ताको आन्दोलन सुरु भएको छ ।

माइतीघरमा स्वतःस्फूर्त भेला भएका सहभागीहरूले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

कलेज र स्कुलको पोशाकमै आएका युवासहित विविध पेशा–व्यवसायमा संलग्न युवाहरूले पनि सहभागिता जनाएका छन् । उनीहरूले रुख बिरुवा नष्ट नगर्ने, सार्वजनिक सम्पत्तिमा क्षति नगर्ने, तोडफोड वा आगजनी नगर्ने, सभ्य र जिम्मेवार शैलीमा प्रस्तुत हुने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

जेनजीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका जनप्रतिनिधि, कलाकार र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् ।

प्रदर्शनमा राजनीतिक दलसँग आबद्ध भ्रातृ संस्थालाई सहभागी हुन भने रोक लगाइएको छ ।

पहिले सामाजिक सञ्जालमार्फत मात्र प्रकट असन्तोषलाई जेनजी पुस्ताले यसपटक सडकमा उत्रिएर प्रत्यक्षरूपमा देखाएका छन्।

सम्बन्धित समाचार

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८२ भाद्र २३, १०: ०४

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८२ भाद्र २३, १०: ०४

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल
रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल
  • २०८२ भाद्र २३, १०: ०४

काभ्रेपलाञ्चोक : पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही...