बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू

काठमाडौं : जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो ।

त्यस्तै बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ ।

जेनजीहरूले गरेकोप्रदर्शनले उग्र रूप लिएको छ । उनीहरू प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८२ भाद्र २३, १२: ३८

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८२ भाद्र २३, १२: ३८

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल
रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल
  • २०८२ भाद्र २३, १२: ३८

काभ्रेपलाञ्चोक : पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही...