
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लगाएको सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
सभापति देउवाले मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला प्रधानमन्त्री ओलीलाई फोन गरेर सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।
गत बिहीबार सरकारले नेपालमा दर्ता गर्न नआएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भइसकेको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
काभ्रेपलाञ्चोक : पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही...