
काठमाडौं : संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरिएको बताए ।
उनले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेको जानकारी दिए । युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।
उनले युवाहरूको स्वतस्फूर्त आन्दोलनलाई कुनैपनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताए । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाही गर्न समेत बैठकले माग गरेको छ ।
युवाहरुको माग सम्बोधन गर्न आवश्यक वार्ता गर्न पनि माग गरिएको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
काभ्रेपलाञ्चोक : पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही...