
भरतपुर : चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैं फर्किएका हुन् ।
भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिए । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए ।
“बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुंगानाले भने, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ भनेर पनि हुनसक्छ फर्किएका छन् ।”
कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । उनीहरुले मूल गेटमा आगो लगाएका थिए । ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए । जसमा ४६ जना महिला रहेको ढुंगानाले जानकारी दिए ।
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
काभ्रेपलाञ्चोक : पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही...