भारतका युवा उद्यमीको जीवन कथामा आधारित “रेलवे म्यान सन्” पुस्तकको नेपालमा विमोचन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

भारतका युवा उद्यमीको जीवन कथामा आधारित “रेलवे म्यान सन्” पुस्तकको नेपालमा विमोचन

काठमाडौं । भारतको कोन्नाडास्थित द टाइम्स अफ इन्डियाका पत्रकार संगमेश मिनासिन्काईद्वारा लिखित ‘रेल्वे म्यान्स सन’ पुस्तकको नेपालमा विमोचन गरिएको छ। बिहीबार ललितपुरस्थित लिटिल एन्जल्स कलेजको अडिटोरियम हलमा आयोजित कार्यक्रम बीच लोकार्पण गरिएको हो । यो भारतीय मूलका उद्यमी डा. अल्फ्रेड मिरान्डाको व्यावसायिक सफलता यात्रामा आधारित पुस्तक हो ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेललको कार्यक्रमको संयोजनमा आयोजित समारोहमा सबैलाई स्वागत गर्दै डा. पौडेलले युएईमा प्रख्यात भारतीय मूलका व्यवसायी डा. अल्फ्रेड मिरान्डाको व्यावसायिक सफलताको पछाडि उनको जीवन, मूल्यमान्यता र सिद्धान्तहरूको दर्शन रहेको विश्वास व्यक्त गर्नुभयो। पुस्तकमाथि टिप्पणी गर्दै नितेश कुमार शाहले विद्यार्थीहरूले यसबाट वित्तीय व्यवस्थापन र मूल्यमान्यता र नैतिकताको महत्त्वबारे महत्त्वपूर्ण पाठ सिक्न सक्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै, लेखक, पत्रकार संगमेश मिनासिन्काईले पुस्तक लेख्दाका आफ्ना अनुभवहरू र अविस्मरणीय क्षणहरू साझा गर्दै यसले उद्यमीहरूलाई प्रेरणा र प्रोत्साहन दिने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा डा. मिरान्डाले आफ्नो संघर्षको जीवनकथा पुस्तकको रूपमा प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा लिटिल एन्जल्स कलेजका विद्यार्थी, शिक्षक, प्राध्यापक, पत्रकार र बुद्धिजीवीहरूको ठूलो उपस्थिति थियो।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८२ आश्विन २४, ०९: ४२

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०८२ आश्विन २४, ०९: ४२

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०८२ आश्विन २४, ०९: ४२

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...