सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन

काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

बुधबार सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाबारे पुनर्विचार भइरहेको भन्ने चर्चा तथ्यहीन भएको बताएका हुन् ।

विज्ञप्तिमा दैनिक पेसी व्यवस्थापनका लागि अपनाइएको गोला प्रक्रियालाई परिवर्तन गर्ने विषयमा औपचारिक रूपमा कुनै छलफल वा निर्णय नभएको उल्लेख गरिएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र व्यक्त धारणा तथ्यमा आधारित नभएको भन्दै अदालतले स्पष्टिकरण दिएको हो ।

पछिल्लो समय नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली हटाएर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भइरहेको भन्ने चर्चा सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा फैलिएको थियो । त्यसपछि सर्वोच्च अदालतले औपचारिक धारणा सार्वजनिक गर्दै उक्त हल्लाको खण्डन गरेको हो ।

यसअघि नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले गोला प्रणाली हटाउने प्रयास भए आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । उनले गोला प्रणाली हटाइए त्यसविरुद्ध कानुन व्यवसायीहरूले कस्तो आन्दोलन गर्ने भन्ने विषयमा समेत सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

हाल सर्वोच्चसँगै उच्च, विशेष तथा जिल्ला अदालतहरूमा पनि गोला प्रक्रियामार्फत मुद्दाको सुनुवाइ गर्ने अभ्यास जारी रहेको छ ।

सम्बन्धित समाचार

किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
  • २०८३ जेष्ठ १३, १४: ५६

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...

अर्थतन्त्रको आकार ६६ खर्ब
अर्थतन्त्रको आकार ६६ खर्ब
  • २०८३ जेष्ठ १३, १४: ५६

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‍मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०८३ जेष्ठ १३, १४: ५६

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...