
काठमाडौं।बंगालको खाडीमा विकास भएको देखिएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालिसकेको छ। बुधबार रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यो चक्रवातले भित्र्याउन सक्ने प्रणालीका कारण बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेसभरि र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ।
जसका कारण कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। त्यस्तै दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, नवलपुर आदि जिल्लामा सतर्कता अपनाउनुपर्नेछ।
लम्जुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ पर्वत, स्याङ्जा, तनहुँ आदि जिल्लामा मौसमसम्बन्धी सूचनाप्रति अद्यावधिक रहनुपर्ने महाशाखाले बताएको छ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...