बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पित – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पित

काठमाडौं। कथाकार होमशङ्कर बास्तोलाको नविनतम कथाकृति ‘रगतको मूल्य’ लोकार्पित भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,छविरमण सिलवाल,आर एम डंगोल,कथाकार बास्तोला र प्रदीप सापकोटा लगायतले उक्त कथाकृति लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले कथा नुहने मानिस दुनियाँमा हुँदैन् भन्दै त्यो कथालाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र हो।पाठकलाई अनुभूत र द्रवित गराउने क्षमता जसमा हुन्छ उ राम्रो कथाकार मानिन्छ । बास्तोलामा आफुले उक्त क्षमता रहेको पाएको बताए ।

समालोचक आर एम डंगोलले कृति यथार्थपरक सामाजिक कथाहरुले भरिएको बताए । उनले भने -‘अधिकाँश कथाको बुनोट यहि समाज हो । प्रथमदृष्टिविन्दु ,तृतिय पुरुषदृष्टिविन्दुमा विभिन्न पात्रहरु रहेका कथाहरु सहज र स्वभाविक लाग्छन् ।कथाहरु समय सापेक्ष र समाजमुखी छन्। ‘उनले मैनालीकै लाइनमा कथाकार बास्तोला उभिएको बताए । कथाकारले जहाँजहाँ कार्यथलो बनाए,त्यहाँ त्यहाँ भेटेका पात्र र तीनको चरित्रलाई कथानक रुप दिएको उनले बताए ।

अर्का समीक्षक प्रदीप सापकोटाले आयामका हिसावले लघु र मध्यम आयामका १९ वटा कथा रहेको रगतको मूल्य भित्र सत्यका निकट रहेर लेखिएका कथाहरु छन । उनले अगाडि भने – ‘सामाजिक परिवेशबाट निर्मित चरित्रहरु प्रस्तुत गरेका बास्तोलाका कथाहरुका पात्रहरु हामै्र समाज वरपर,हाम्रै नाता सम्बन्धका जस्ता लाग्छन । पात्रहरुलाई जीवन्त बनाउन स्थानीय परिवेश र लवजलाई टिपेर कथा बुनोट गरिएको छ ।’ कथाका विषयवस्तु,थिम र पात्रहरुमा नविनता नभएपनि पाठकलाई पढ्दै जाँदा तान्दै लाने खुवी कथाकारमा रहेको सापकोटाले बताए ।रगतको मूल्यका स्रष्टा बास्तोलाले रचना गर्भ बारे आफ्ना कुरा राख्दै समाजका हर्ष,विस्मात,खशी,प्रेम,पीडा,विकृति र विसंगतिलाई टिपेर आफुले कथा लेखेको बताए । कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,साझा प्रकाशनका भेषराज घिमिरे,साहित्यकार बोधराज पौडेल लगायतले शुभकामना मन्तव्य राखे ।

सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा सदस्य पूर्णबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । लोकार्पित कृति साझा प्रकाशनले प्रकाशित गरेको हो

सम्बन्धित समाचार

भारतका युवा उद्यमीको जीवन कथामा आधारित “रेलवे म्यान सन्” पुस्तकको नेपालमा विमोचन
भारतका युवा उद्यमीको जीवन कथामा आधारित “रेलवे म्यान सन्” पुस्तकको नेपालमा विमोचन
  • २०८२ कार्तिक १३, १४: ५८

काठमाडौं । भारतको कोन्नाडास्थित द टाइम्स अफ इन्डियाका पत्रकार संगमेश मिनासिन्काईद्वारा लिखित ‘रेल्वे म्यान्स सन’ पुस्तकको नेपालमा विमोचन गरिएको छ। बिहीबार...

सुमन सौरभको नयाँ लघुकथा कृति ‘रे’ लोकार्पित
सुमन सौरभको नयाँ लघुकथा कृति ‘रे’ लोकार्पित
  • २०८२ कार्तिक १३, १४: ५८

काठमाडौं। चर्चित लघुकथाकार सुमन सौरभको नवोदित लघुकथाकृति ‘रे ‘को मंगलबार लोकार्पण गरिएको छ ।ठमेलमा एक कार्यक्रम विच ‘रे’ को प्रा.डा.लक्ष्मणप्रसाद...

हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने
हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने
  • २०८२ कार्तिक १३, १४: ५८

काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ भदौ...