बामगठबन्धनमा नातावादको लर्को – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

बामगठबन्धनमा नातावादको लर्को

आर्शिवाद पाउनेहरुको नालीबेली

राजनैतिक दलहरुले पार्टीको नाममा कस्ता कस्तालाई उम्मेद्वार बनाए कस्तालाई बन्द सूचीमा हालेर विना झन्झट सांसद बनाउन खोजिरहेका छन् । त्यसको सबै लेखाजोखा मंसिर १० र २१ गते सचेत नेपाली नागरिकले गर्ने नै छन् । तर, नेपालको संविधानको प्रस्तावनालाई समेत लत्याउँदै वामगठबन्धन भित्र भएको टिकट वितरणलाई लिएर गठबन्धन भित्रै व्यापक आक्रोश उत्पन्न भएको छ ।

लोकतान्त्रिक गठबन्धन भित्र पनि कमीकमजोरी नदेखिएका होईनन् । वामगठबन्धनको केही भ्रष्ट नेताहरुले आफ्नो स्वार्थपूर्ति आर्थिक लाभका लागि पार्टीलाई प्रयोग नगरेका होईनन् । तर, त्यस्ता व्यक्तिको निर्वाचन पश्चात पार्टीबीच निकै आलोचना र पार्टीबाट राजनैतिक जीवन नै सखाप बनाउन पार्टीलाई प्रयोग गरेका भएता पनि अत्याधिक मात्रामा वामगठबन्धन भित्र परिवारवाद हावी भएको तथ्य आउन थालेको छ ।

नेपालमा २०५२ सालसम्म कम्युनिष्ट आन्दोलनको नाम लिएर झापाबाट मान्छेको टाउको काटेर कम्युनिष्ट बनेका र त्यसपछि जन विद्रोह गर्दै ०६२÷०६३ को ठूलो जनआन्दोलनमा माग भएका लोकतान्त्रिक विचार धारा बोकेका राजनैतिक दलसँगको सहकार्य सम्म आईपुग्दा २० औं हजार नेपालीहरुको ज्यान गएको छ । पटक पटकको विभिन्न आन्दोलनमा नेपाली जनताका छोराछोरीलाई विभिन्न आश्वासन बाड्दै कहिले वर्ग संघर्ष, कहिले राज्य संघर्ष, कहिले विखण्डनको बिउ रोप्ने लगातयतका काम गरेर सत्तामा पुगेका नेपालका कम्युनिष्टहरुले इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाएर आफन्तलाई पदमा पु¥याउने रणनीति अनुसार यस पटक टिकट वितरण गरेको देखिन्छ ।

जो कम्युनिष्ट आन्दोलनको लागि ति सबै पाखा लागको अवस्था छ । नेपालका कम्युनिष्टहरु सधै जनतालाई ढाटेर छलेर मिठा आस्वासन बाँडेर बुलेटदेखि व्यालेटमा आएको इतिहास साक्षी छ । राजावादी हुँदै सत्ता नपाएर कम्युनिष्ट पार्टी खोल्दै लोकतान्त्रिक मूल्य मान्यताको विरुद्धमा सधै षड्यन्त्र गर्दै आएका वामघटकहरु कुनबेला जुद्छन् र कुन बेला फुट्छन् भन्ने एकीन हुँदैन । वामगठबन्धनका नेताहरुले राम्रालाई भन्दा आफ्नालाई च्यापेपछि वामगठबन्धनका ठूला दुई घटक एमाले र माओवादी दुवै पार्टीका कार्यकर्तामा निराश उत्पन्न भएको छ ।

पटक पटक सरकार बनाउने र भत्काउने खेलमा दुवै वाम घटक निकै पोख्त मानिन्छन् । गुट र उपगुटमा नेतालाई विभाजित गराएका ठूला नेताहरुले टिकट वितरणमा सम्धीदेखि शालीसम्मलाई टिकट दिएपछि एमाले र माओवादी दुवै पार्टीभित्र आगो दन्किएको छ । त्यतिमात्र हैन ठूला नेताहरुले आफ्नो चुनाव खर्च उठाउन ठेकेदारदेखि डनसम्मलाई टिकट दिएपछि बुद्धिजीवीदेखि जिल्ला स्तरका नेतासम्म आक्रोसित भएका छन् । त्यसैको ज्वलन्त अदाहरण मनाङ्ग जिल्लाको गाईजात्रा नै काफी छ । गठबन्धनभित्र टिकट गुट तथा उपगुट जे भएपनि नेताहरुले टिकट कसरी कसलाई दिए भन्ने कुरा कुन नेताको कोसँग नाता छ भन्ने कुरा प्रष्टै छ ।

लोकतान्त्रिक संस्कारको खिल्ली उडाउँदै जो इमान्दार छ । त्यसलाई पाखा लगाएर पैसा र पहुँचको भरमा वामगठबन्धन भित्र टिकट वितरणमा देखिएको अराजक गतिविधिले भोली बन्ने सरकारमा पनि अराजकहरु हावी हुने पक्का छ । सरकार निर्माण त्यस्ताहरुको बोलबालमा नेपालको राजनैतिक अवस्था कस्तो होला ? कुनै राजनैतिक संस्कार र अनुशासन नभएका व्यक्तिहरुले संसद् देखि सरकार सम्मको काम गर्दा कस्तो होला ?
अग्रगामी छलाङ्ग मार्छौ भन्दै पटकपटक सबै भन्दा बढी समय सत्ताको वागडोर समाल्न पुगेका नेपालका कम्युनिष्टहरुले जनताको नाममा केही गर्न नसकेपछि अब केही आफ्नै इमान्दार कार्यकर्तालाई लात मारेका छन् । जसअनुसार वामगठबन्धनले आगामी १० र २१ गते हुन लागेको प्रतिनिध सभा र प्रदेश सभाको टिकट वितरण गर्दा आफन्तलाई मात्र दिएपश्चात नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।

एमालेका नातेदार

एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई आफू काठमाडौं क्षेत्र नंं २ बाट प्रतिनिधी सभाको प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रेका छन् भने आफ्ना सम्धी सोमनाथ पाण्डे पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनाईएको हुँदा पाल्पाको एमाले कमिटी असन्तुष्ट छ । त्यसैगरी, अर्का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दैछन् भने साडु भीम आचार्य सुनसरी क्षेत्र नं. १ को ख बाट प्रदेशसभाका लागि चुनावी मैदानमा उत्रेका छन् ।

उपाध्यक्ष वामदेव गौतम बर्दियाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि प्रतिस्पर्धा गरिरहेको छन् भने उनकी श्रीमती तुलसा थापालाई जनजाति कोटाबाट प्रतिनिधि सभा सदस्यको समानुपातिकमा राखिएको छ । उक्त सचिव शंकर पोखरेल दाङको प्रदेश सभाबाट निर्वाचनमा होमिएका छन् भने उनकी श्रीमती सुनिता शाक्य प्रतिनिधि सभाको समानुपातिक सूचिमा परेकी छिन् । त्यसैरी पूर्व सभामुख सुवास नेवाङ्गले इलामको क्षेत्र नं. २ बाट प्रतिनिधिमा सदस्यमा भिड्दै छन् भने उनका सहोदर भाई वसन्त नेवाङ्गले इलामको प्रदेश सभाबाट टिकट पाएका छन् । अर्का नेता सोमनाथ प्यासी र उनका बहिनी पनि समानुपातिक सूचीमा पर्न सफल भएकी छिन् । साथै, अर्कोतिर सुवास नेवाङ्गकाबहिनी ज्वाई विजयी सुब्बा पनि प्रतिनिधि सभाको समानुपातिकमा पारेका छन् ।

माओवादीका नातेदार

माओवादी केन्द्रले पनि अत्येधिक नातावादलाई यस पटकको निर्वाचनमा भित्र्याएको छ । जस अनुसार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत भई सकेका पुष्पकमल दाहाल प्रचण्ड किनभने ३ नं. क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा रा.प्रका नेता बिक्रम पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन् भने बुहारी विना मगर कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा टिकट पाउन सफल भएकी छिन् । ज्वाई जिवन आचार्यलाई मोरङ्गको प्रदेशसभा सदस्यमा उम्मेद्वार खडा गराईएके छ ।

दाहालका भाई नारायण दाहाललाई प्रतिनिधी सभा समानुपातिक सूचिमा पारिएको छ । अर्को नेता देव गुरुङ्ग, लमजुङ्गबाट प्रतिनिधी सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् भने उनकी श्रीमती यशोदा सुवेदीलाई समानुपातिक सूचिमा राखिएको छ । जाजरकोटबाट सक्ति बस्नेत प्रतिनिधी सभामा प्रतिस्पर्धा गर्दैछन् भने अर्की श्रीमती सत्या पहाडी प्रतिनिधी सभा सदस्यका लागि समानुपातिक सूचिमा राखिएको छ । माओवादी नेता हितमान शाक्य काठमाडौं क्षेत्र नं. १० बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने उनकी श्रीमती अमृता थापामगर समानुपातिकमा परेकी छिन् । माओवादी नेता वर्षमान पुनः रोल्पाबाट प्रतिनिधी सभा सदस्यमा चुनावी मैदान रहेका छन् भने उनी श्रीमती ओनसरी घर्तीमगरलाई प्रतिनिधी सभा सदस्यमा समानुपातिक सूचिमा राखिएको छ ।

हालका विना विभागिय मन्त्री जनार्दन शर्मा रुकुमबाट प्रतिनिधी सभामा प्रतिस्पर्धा गर्दै द्धन् भने उनका सहोदर भाई अनिल शर्मा काठमाडौंको क्षेत्र नं. १ बाट प्रतिनिधीसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी तेज प्रसाद ओली रुकुमबाट प्रतिनिधी सभा सदस्यका लागि चुनाजी मैदानमा छन भने उनकी श्रीमती जुनकुमारी रोक्कशा प्रदेश सभाकै समानुपातिकमा रहेकी छिन् । पूर्वमन्त्री रेखा शर्मा श्रीमान प्युठानको प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा रेखा शर्मा प्रतिनिधी सभाको समानुपातिकमा रहेकी छिन् ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ कार्तिक २७, ०९: १७

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०७४ कार्तिक २७, ०९: १७

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०७४ कार्तिक २७, ०९: १७

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...