नामचाहिँ काली, रुपचैं चन्द्रमा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नामचाहिँ काली, रुपचैं चन्द्रमा

कवि :माधव साधक परियार

पूर्णिमाको जुनजस्तो हेर्दा गोरी ।
साहसिक आँट भएकी नेपालकी छोरी ।।

हेर्दाखेरि अप्सराझैं नामचाहिँ रैछ काली ।
पहाडलाई नै मैदान गर्ने अति शक्तिशाली ।।

उनीदेखि डराउँछन् पहलमान पनि ।
सत्य कुरा लेखिदिएँ विश्वास भएरै त नि ।।

दाजु बहिनी काम गर्छौ हामी च्यानल गेटमा ।
सँगै काम गर्ने सोच भो मलाई पहिलै भेटमा ।।

उनीसँग भेट भयो टिचिङ्ग अस्पतालमा ।
माघ महिना आठ गते चौहत्तर सालमा ।।

सबै महिला उनी जस्तै साहसी भए घरमा ।
लक्ष्मीको नै बास हुन्छ बन्छ हाम्रो कर्म ।।

उनीजस्तै साहसी महिला भए भनि ।
यो राष्ट्रले फड्को माथ्र्यो दुईमत छैन अनि ।।

फड्को मात्र मार्ने होइन विकास हुन्थ्यो देशमा ।
सबैजना लागि परौं दुई मत छैन यसमा ।।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ माघ १५, ०९: ३६

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०७४ माघ १५, ०९: ३६

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०७४ माघ १५, ०९: ३६

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...