एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ ।

मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय एमालेले गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको गौतमले बताए ।

पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको उनले बताए ।

उनले पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी दिए ।

आफूहरुले संवैधानिक हिसावले अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको उनले बताए ।

नेकपा एमाले संसद् पुनर्स्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणका लागि निवेदन दिइसकिएको उनले बताए ।

सम्बन्धित समाचार

नेपाल अमेरिकासँग पराजित
नेपाल अमेरिकासँग पराजित
  • २०८२ मंसिर १०, ११: ५८

काठमाडौं : पहिलो संस्करणको आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । रुवाण्डामा आज भएको...

एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
  • २०८२ मंसिर १०, ११: ५८

काठमाडौँ : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।...

देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
  • २०८२ मंसिर १०, ११: ५८

काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...