
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज)ले पुस २७ गतेदेखि राजधानी काठमाडौंमा सुरु हुन लागेको पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्।
१० निर्वाचन क्षेत्र र २० प्रदेश रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण बानियाँ (सबुज)ले व्यक्तव्य जारी गर्दै पार्टी विधानअनुसार बोलाइएको विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनको रूपमा चित्रण गर्दै यसले पार्टीको वैचारिक, संगठनात्मक र राजनीतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
उनले नेपाली कांग्रेसले विभिन्न कालखण्डमा लोकतन्त्रको रक्षा र संवर्द्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय देशमा देखिएको राजनीतिक जटिलता र चुनौतीहरू सामना गर्न पार्टी स्वयं सशक्त र स्पष्ट बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। विशेषतः २०८२ भदौ २३ र २४ गतेको जेञ्जी आन्दोलनपछि उत्पन्न संवैधानिक र राजनीतिक अवस्थाले पार्टीभित्र वैचारिक स्पष्टता, आन्तरिक लोकतन्त्र र संगठनात्मक एकताको खाँचो थप उजागर गरेको उनको भनाइ छ।
५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विधिवत मागका आधारमा पार्टी विधानको धारा १७(२) अनुसार पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना हुन लागेको उल्लेख गर्दै बानियाँले यस महाधिवेशनले नेपाली कांग्रेसलाई नयाँ दिशा र ऊर्जा दिने अपेक्षा व्यक्त गरेका छन्। उनले सम्पूर्ण प्रतिनिधिलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राजधानी काठमाडौँमा हार्दिक स्वागत गरेका छन्।
सभापति बानियाँले विशेष महाधिवेशनबाट पार्टी र देशका लागि दूरगामी महत्वका ऐतिहासिक निर्णयहरू हुने विश्वास व्यक्त गर्दै महाधिवेशन भव्य र सफल हुने कामना समेत गरेका छन्।
यसअघि नेपाली कांग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग गरेका थिए। उक्त मागलाई पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सार्वजनिक रूपमा समर्थन र अपनत्व जनाएका छन्। यद्यपि संस्थापन पक्षका केही नेताहरूले भने हस्ताक्षर फिर्ता गराउन अनुरोध गर्ने निर्णय गरेका छन्, जसले पार्टीभित्रको मतभेदलाई अझ सतहमा ल्याएको छ।
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र चर्किएको बहस र ध्रुवीकरणका बीच काठमाडौँमा आयोजना हुन लागेको यस महाधिवेशनले पार्टीको भावी दिशा, नेतृत्व र रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...
काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...