
भक्तपुर : नेपाली कांग्रेस भक्तपुरले पार्टीको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनलाई स्वागत गर्दै आफ्ना प्रतिनिधिहरूलाई सक्रिय र उत्तरदायी सहभागिताका लागि आह्वान गरेको छ।
भक्तपुर जिल्ला क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको मूल धारा रहेको छ। उनले भनेका छन् कि निरंकुशता, अस्थिरता र राजनीतिक संकटका प्रत्येक मोडमा देशलाई सही दिशामा अघि बढाउने जिम्मेवारी नेपाली कांग्रेसले लगातार वहन गर्दै आएको छ।
विज्ञप्तिमा गत भाद्र २३ र २४ मा भएको जेञ्जी आन्दोलनपछिका संवैधानिक जटिलता र राजनीतिक अन्योलको समाधान तथा लोकतन्त्रको रक्षा र संवर्द्धनका लागि पार्टीको सशक्त, स्पष्ट र एकीकृत नेतृत्व अहिले अझ आवश्यक बनेको उल्लेख गरिएको छ।
यसै सन्दर्भमा पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्ने उद्देश्यसहित दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना गर्न लागिएको हो। पार्टी विधान अनुसार मिति २०८२ पुष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने महाधिवेशनले नेपाली कांग्रेसको भावी दिशा तय गर्ने साथै देशको लोकतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।
सभापति कार्कीले सबै महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दै भनेका छन्, “राजधानी काठमाडौंमा उपस्थित सबै प्रतिनिधिहरूलाई स्वागत गर्दै, हामी यो महाधिवेशनलाई भव्य, मर्यादित र सफल बनाउने लक्ष्यमा छौं।”
नेपाली कांग्रेस भक्तपुरले यस ऐतिहासिक विशेष महाधिवेशनमा सहभागितालाई पार्टीको एकता र लोकतन्त्रको सशक्तिकरणको अवसरका रूपमा हेरेको छ।

काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११...
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।...
काठमाडौं : पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ...