पूर्वमन्त्री होमनाथ दाहालको निधन – Naya Bikalpa
January 10, 2026, Saturday      Epaper

पूर्वमन्त्री होमनाथ दाहालको निधन


काठमाडौं : पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।

शुक्रबार साँझ वीर अस्पतालमा उपचारार्थ पुऱ्याउदै गर्दा दाहालको निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।

दाहाल विपी विचारका सच्चा अभियन्ता थिए । उनी ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा सुधाम्शु दाहाल र हिमाम्सु छन् ।

ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मेका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।

आज बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीनजिक धोवीखोलापट्टीमा निवासमा दाहाललाई श्रद्धाञ्जली अर्पण गरेर ९ः३० पछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाहसंस्कार गरिने बताइएको छ ।

सम्बन्धित समाचार

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि दोलखाबाट अपिल
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि दोलखाबाट अपिल
  • २०८२ पुष २६, ०७: ५६

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा व्यापक सहभागिताका लागि नेपाली कांग्रेस दोलखाले औपचारिक अपील जारी गरेको छ। कांग्रेसको दोस्रो...

देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लादेका कारण विशेष महाधिवेशन निम्त्यो : कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ
देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लादेका कारण विशेष महाधिवेशन निम्त्यो : कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ
  • २०८२ पुष २६, ०७: ५६

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले पार्टीको दोस्रो विशेष महाधिवेशनमा देशभरका कार्यकर्तालाई कुनै पनि डर-त्रास नमानिकन सहभागी हुन...

विशेष महाधिवेशनमा सभापति नै उपस्तिति हुनु भन्दै निमन्त्रणा
विशेष महाधिवेशनमा सभापति नै उपस्तिति हुनु भन्दै निमन्त्रणा
  • २०८२ पुष २६, ०७: ५६

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो गरिएको छ । आयोजक समितिले...