पूर्वमन्त्री होमनाथ दाहालको निधन – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

पूर्वमन्त्री होमनाथ दाहालको निधन


काठमाडौं : पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।

शुक्रबार साँझ वीर अस्पतालमा उपचारार्थ पुऱ्याउदै गर्दा दाहालको निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।

दाहाल विपी विचारका सच्चा अभियन्ता थिए । उनी ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा सुधाम्शु दाहाल र हिमाम्सु छन् ।

ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मेका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।

आज बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीनजिक धोवीखोलापट्टीमा निवासमा दाहाललाई श्रद्धाञ्जली अर्पण गरेर ९ः३० पछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाहसंस्कार गरिने बताइएको छ ।

सम्बन्धित समाचार

समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना
समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना
  • २०८२ पुष २६, ०७: ५६

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ पुष २६, ०७: ५६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
  • २०८२ पुष २६, ०७: ५६

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...