कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

पदाधिकारीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ कि नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) अनुसार ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण देखाउँदै विशेष महाधिवेशनको माग गरेका थिए। यस सन्दर्भमा औपचारिक रूपमा महाधिवेशनलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, “लामो समयदेखि उत्पन्न असहजतालाई टुङ्ग्याउँदै विधान र पद्धतिलाई कार्यान्वयनतर्फ अघि बढाउन केन्द्रीय नेतृत्व दृढ संकल्पित भएको छ। तमाम महाधिवेशन प्रतिनिधिहरूको आवाजलाई ऐक्यबद्धता दिलाउने पहलको लागि महामन्त्रीद्वय लगायत केन्द्रीय नेतृत्वप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।”

नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरूले महाधिवेशनमा सक्रिय उपस्थिति र सहभागिताको लागि प्रदेशभित्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपील गरेका छन्।

विज्ञप्तिमा थप भनिएको छ कि विशेष महाधिवेशनको औपचारिक उद्घाटन सत्र २०७८ पौष २७ गते दिउँसो १२:०० बजे काठमाडौँको भृकुटीमण्डपमा हुने छ। पार्टीका अग्रज, सदस्य, शुभेच्छुक र शुभचिन्तकहरूलाई उक्त उद्घाटनमा उपस्थित हुने अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ पुष २५, १९: १२

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष २५, १९: १२

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २५, १९: १२

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...