रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता

रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता, समर्थक तथा भातृसंस्थाका सदस्यहरूलाई हार्दिक आह्वान गरेका छन्।

पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा १७ (२) अनुसार आयोजना हुने यो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौँमा हुँदैछ। डा. अनिता ढुङ्गाना शाह, उपसभापति, नेपाली कांग्रेस, रुपन्देही, हरिप्रसाद काफ्ले, सचिव, नेपाली कांग्रेस, रुपन्देही, बासुदेव रिमाल, सहसचिव, नेपाली कांग्रेस, रुपन्देही, हिरा खत्री, सभापति, क्षेत्र नम्बर १, रुपन्देही, प्रजापाल गिरी, सभापति, क्षेत्र नम्बर २, रुपन्देही, सुशील गुरुङ, सभापति, क्षेत्र नम्बर ३, रुपन्देही र वसिउल्लाह मुसलमान, सभापति, क्षेत्र नम्बर ५, रुपन्देहीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा गत भदौ २३ र २४ मा भएको नवयुवा विद्रोह र त्यसपछिका परिस्थितिले, संविधानको रक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि विशेष महाधिवेशन अपरिहार्य बनेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा विशेष महाधिवेशनको राजनीतिक र संगठनात्मक महत्वमाथि जोड दिँदै भनिएको छ कि यसले पार्टीको वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र समसामयिक राष्ट्रिय मुद्दाहरूमा गम्भीर छलफल र निर्णय गर्ने अवसर प्रदान गर्नेछ। कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको अधिकारको रक्षा गर्न यस महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

रुपन्देहीका शीर्ष नेताहरूले सबै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, आमन्त्रित सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, नेता–कार्यकर्ता र समर्थकहरूलाई काठमाडौँ पुगेर ऐतिहासिक विशेष महाधिवेशनलाई सफल बनाउन अपिल गरेका छन्।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ पुष २५, १९: ०३

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ पुष २५, १९: ०३

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ पुष २५, १९: ०३

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...