
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका अग्रज पत्रकारहरूले कांग्रेसको विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस विशेष महाधिवेशन मिडिया सेन्टर आयोजना गरेको विशेष महाधिवेशन सन्दर्भको परामर्श कार्यक्रम बोल्ने पत्रकारहरूले कांग्रेसको आइतबारबाट शुरू हुने विशेष महाधिवेशनमा ऐक्यबद्धता जनाउँदै एकताको सन्देशमा जोड दिएका छन् ।

प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले विशेष महाधिवेशनले नीतिमा सामुहिकता बनाउन जोड दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले नेपाली कांग्रेसमा राष्ट्रियता परिपक्क नीति अपनाएको भन्दै सही नीतिलाई नेतृत्व गर्ने सही नेता आउनुपर्नेमा जोड दिए ।
त्यसैगरी प्रेस युनियनका पूर्व अध्यक्ष रमेश तुफानले कांग्रेसको विधान धारा १७ (२) ले राजनीतिक संस्कारलाई बोकेको भन्दै यसलाई सहज रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए ।
प्रेस युनियनका सल्लाहकार तेजप्रसाद पण्डित,अनिता बिन्दू, दामोदरप्रसाद दवाडीले विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने भाष्य स्थापित पार्न खोजेका भन्दै यस प्रयत्नलाई निस्तेज सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

युनियनका उपाध्यक्ष जीवन भण्डारीले सुझावका रूपमा उक्त कार्यक्रमको आयोजना गरिएको भन्दै विशेष महाधिवेशनको मिडिया सेन्टरमार्फत सत्यतथ्य समाचार उपलब्ध गराइने बताए ।
कार्यक्रम युनियनका महासचिव दिलिप पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै एक मिनेट मौनधारणा गरिएकाे थियाे ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...
काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...