चार दर्जन प्रेस युनियनका नेताहरुले भने- विशेष महाधिवेशन अहिलेको आवश्यकता – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

चार दर्जन प्रेस युनियनका नेताहरुले भने- विशेष महाधिवेशन अहिलेको आवश्यकता


काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका अग्रज पत्रकारहरूले कांग्रेसको विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस विशेष महाधिवेशन मिडिया सेन्टर आयोजना गरेको विशेष महाधिवेशन सन्दर्भको परामर्श कार्यक्रम बोल्ने पत्रकारहरूले कांग्रेसको आइतबारबाट शुरू हुने विशेष महाधिवेशनमा ऐक्यबद्धता जनाउँदै एकताको सन्देशमा जोड दिएका छन् ।

प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले विशेष महाधिवेशनले नीतिमा सामुहिकता बनाउन जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले नेपाली कांग्रेसमा राष्ट्रियता परिपक्क नीति अपनाएको भन्दै सही नीतिलाई नेतृत्व गर्ने सही नेता आउनुपर्नेमा जोड दिए ।

त्यसैगरी प्रेस युनियनका पूर्व अध्यक्ष रमेश तुफानले कांग्रेसको विधान धारा १७ (२) ले राजनीतिक संस्कारलाई बोकेको भन्दै यसलाई सहज रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए ।

प्रेस युनियनका सल्लाहकार तेजप्रसाद पण्डित,अनिता बिन्दू, दामोदरप्रसाद दवाडीले विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने भाष्य स्थापित पार्न खोजेका भन्दै यस प्रयत्नलाई निस्तेज सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

युनियनका उपाध्यक्ष जीवन भण्डारीले सुझावका रूपमा उक्त कार्यक्रमको आयोजना गरिएको भन्दै विशेष महाधिवेशनको मिडिया सेन्टरमार्फत सत्यतथ्य समाचार उपलब्ध गराइने बताए ।

कार्यक्रम युनियनका महासचिव दिलिप पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै एक मिनेट मौनधारणा गरिएकाे थियाे ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ पुष २६, १६: ४६

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष २६, १६: ४६

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २६, १६: ४६

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...